arrow

अयोध्यामा मन्दिर बन्ने भएपछि १०५ गाउँका क्षत्रियले ५०० वर्षपछि पगरी र जुत्ता लगाउने 

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
pagadi.jpg

काठमाडौं । भारतको अयोध्यामा राम मन्दिरको महत्व कति रहेछ भन्ने कुराको प्रमाण सूर्यवंशी क्षत्रिय परिवारले दिएको छ । 

अयोध्यासंग जोडिएको बजार ब्लक र आसपासका १०५ गाउँका सूर्यवंशी क्षत्रिय परिवारले पाँच सय वर्षपछि फेरि एक पटक पगरी बाँधेर छालाको जुत्ता लगाउने भएका छन् । 

यसो गर्नुको पछाडि अयोध्यामा राम मन्दिर बन्नु रहेको छ । राम मन्दिर निर्माणको संकल्प पूरा भएपछि उनीहरुको गाउँमा खुशी छाएको हो । 

ती गाउँका घरघरमा गएर तथा सार्वजनिक सभामा गएर क्षत्रीयलाई पगरी बाँडिएको छ । सूर्यवंशी समाजका पूर्वजले मन्दिरमा भएको हमलापछि जबसम्म मन्दिर फेरि बन्दैन तबसम्म शिरमा पगरी नबाँध्ने र छालाको जुत्ता नलगाउने कशम खाएका थिए । 

सूर्यवंशी क्षत्रिय अयोध्याका साथै छिमेकी जिल्लाका १०५ गाउँमा बस्दै आएका छन् । यी सबै ठाकुर परिवार भगवान रामका वंशज भएको विश्वास गर्छन् । 

सर्वोच्च अदालतले राम मन्दिर निर्माणको आदेश दिएपछि अयोध्याका ती गाउँमा उत्साह फैलिएको छ । 

इलाहाबाद उच्च अदालतका पूर्व न्यायाधीश डीपी सिंहका अनुसार उनका पूर्वजले १६ औं शताब्दीमा मन्दिर बचाउन ठाकुर गजसिंहको नेतृत्वमा मुगलहरुसंग युद्ध लडेका थिए । 

त्यसमा उनीहरु हारे । त्यसपछि गजसिंहले पगरी र जुत्ता नलगाउने प्रतिज्ञा लिएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ