arrow

मालीमा सैनिक र विद्रोही झडप, ४१ मारिए

logo
एएफपी,
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
mali-soldiers.jpg

बामाको। मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु भएको छ।  मृत्यु भएका मध्ये २४ जना सरकारी सैनिक र १७ जना मुस्लिम अतिवादी जिहादी समूहका लडाकू रहेका जनाइएको छ।  

माली र नाइजरका सुरक्षाकर्मीहरुले संयुक्तरुपमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ। 

देशको ताबान्कोर्ट भन्ने ठाउँमा सोमबार ‘आतङ्कवादी’लाई कारबाही गरिएको सरकारी सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

सरकारी सेनाका एक अधिकारीले भने “घटनाका क्रममा हाम्रो तर्फका मृत्यु हुनेको संख्या २४ पुगेको छ भने अरु २९ जना घाइते भएका छन्।” 

उनका अनुसार जिहादी समूहका भने कम्तीमा १७ जना मारिएको र अरु सयौँलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकाहरु नाइजर सेनाका नियन्त्रणमा रहेको जनाइएको छ।

सोमबार भएको सो घटनाबाट सैनिकतर्फ ठूलो क्षति भएको निश्कर्ष निकालिएको छ। शरद ऋतु मै भएका जिहादीको दुई आक्रमणमा परी सयौ सैनिक मारिएका छन्।

मालि, नाइजर र बुर्किन फासोका सीमा क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहहरुको र सरकारी सुरक्षाकर्मीहरुको बीचमा बेला बेलामा झडप भइरहने गरेको छ।

मालीको सेनाले लामो समयदेखि विद्रोही विभिन्न लडाकू समूहसँग संघर्ष गर्दै आइरहेको छ। मालीमा शान्ति स्थापनाका लागि छिमकी केही मुलुकहरु र संयुक्त राष्ट्रसंघका शान्ति सेनाहरु पनि परिचालन गरिएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ