arrow

दाह्रीजुँगामा लडे अक्षय र आमिरका फ्यान

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
aamir-akshaya.jpg

काठमाडौं । बलिउड अभिनेता आमिर खानले आफ्नो नयाँ फिल्म 'लाल सिंह चड्ढा'को अनौंठो लुक सोमबार सार्वजनीक गरे । आमिरले आफ्नो लुक रिलीज गरेसँगै सोशल मीडियामा हंगामा भयो। सो लुकमा आमिरको अनुहार 'पीके' र 'थ्री इडियट' जस्ता  फिल्महरूमा जस्तै वास्तविक देखिन्छ।

आमिरको यस लुकको प्रशंशा भइरहेको छ, भने यसै कारण अक्षय कुमारको ट्रोल पनि भइरहेको छ।  यस वर्षको मार्चमा अक्षय कुमारको फिल्म 'केसरी' रिलीज भएको थियो। यस फिल्ममा अक्षय सिखको भूमिकामा देखिएका थिए। अक्षयले भूमिकाको लागि नक्कली दाह्री र जुँगाको प्रयोग गरेका थिए ।

अक्षयलाई सो समयमा नै उनको लुकको कारण ट्रोल गरिएको थियो। अब आमिर खानको फिल्म 'लाल सिंह चड्ढा'को पोस्टर रिलीज भएपछि मानिसहरू दुबै अभिनेताहरुको लुकलाई तुलना गरिरहेका छन्। जसकारण अक्षयको ट्विटरमा धेरै ट्रोल भइरहेको हो।

प्रयोगकर्ताहरुले टिप्पणी गर्दै आमिरले वास्तवमै आफ्नो चरित्रको लागि दाह्री बनाएको बताएका छन् । एक प्रशंसकले ट्वीटमा लेखेका छन्, "वास्तविक दाह्री बढाउनु चरित्रमाथि न्याय गर्नु हो र देशभक्तिको नाममा मानिसहरूलाई मूर्ख बनाउनु गलत हो।"

साथै अक्षयको समर्थनमा पनि प्रयोगकर्ता देखिएका छन्। उनी भन्छन्,' अक्षयले एक बर्षमा धेरै फिल्महरू गर्छन् त्यसैले दाह्री पाल्न गाह्रो हुन्छ। आमिरले कम फिल्महरूमा अभिनय गर्छन् त्यसैले उनलाई यो सहज छ ।'

आमिर खान प्रोडक्शन्सका अनुसार आमिर आफ्नो आगामी फिल्मको लागि देशभर एक सय विभिन्न स्थानमा सुटिङ गर्दैछन्। लाल सिंह चड्ढा फिल्ममा आमिरले जीवनको भित्री यात्रा देखाउनुपर्छ र यसका लागि उनले हरेक पटक बिभिन्न ठाउँहरूमा जान आवश्यक रहेको छ। १०० स्थानमा फिल्मको शुटिंग गरिने यो नै बलिउडको पहिलो फिल्म हुनेछ । ठग्‍स अफ हिन्दुस्तानबाट असफल भएका आमिर यसलाई सबल रुपमा देखाउन चाहन्छन्।

फिल्म सीक्रेट सुपरस्टार निर्देशक अद्वैत चन्दनले निर्देशन गर्दैछन् भने  'लाल सिंह चड्ढा' को कथा अतुल कुलकर्णीले लेखेका हुन्। फिल्मका मुख्य पात्र लालसिंह चड्ढाका लागि आमिरले आफ्नो  करिब २० किलोग्राम वजन घटाउने छन्।

फिल्म 'लाल सिंह चड्ढा' १९९४ मा रिलिज भएको हलिउड फिल्म फोरेस्ट गम्पको रिमेक हो, जसमा हलिउडका चर्चित अभिनेता टम ह्याङ्क्सले अभिनय गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ