arrow

हवाई कारबाहीमा चौध तालिबान मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
taliban.jpg

कुन्दुज। अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई कारबाहीमा परी तालिबानका कमाण्डरसहित १४ जना मारिएका स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ।

कुन्दुज प्रान्तको आर्ची जिल्लाको काररुक क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सो कारबाहीका क्रममा १४ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ। मारिएका ती तालिबान सदस्यमा एक स्थानीय कमाण्डरसमेत रहेका सो विज्ञप्तिमा जनाइएको छ। 

मारिएका ती आतंककारीहरूले सरकार विरोधी गतिविधिका क्रममा सो. जिल्लाको कार्यालय भवन, सैन्य परिसर र अन्य सार्वजनिक सुविधाहरुलाई उथलपुथल गर्ने कार्यमा संलग्न रहेका थिए। अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूविरुद्धको सुरक्षा अभियानलाई थप बलिया बनाएका छन्। तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ