arrow

भुटानलाई गृह मैदान बनाउनु परेको नेपाल कुवेतसंग पराजित

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
nepali-football.jpg

काठमाडौं। विश्वकप २०२२मा हुने फिफा विश्वकपको दोस्रो चरणको छनौट खेलमा नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको छ।

नेपालले आफ्नो घरेलु खेल भुटानमा खेलेको हो। दशरथ रंगशालाको मापदण्ड नपुगेको भन्दै न्युट्रल ठाउँका रुपमा भुटान छानिएको थियो।

खेलको २८औं मिनेटमा कुवेतका बादेर अल मुतुवाले गोल गर्दै अग्रता दिलाएका थिए। कुवेतले निरन्तर आक्रमण गरिरहे पनि रक्षापंक्ती र गोलकिपरको किरण चेमजोङको उत्कृष्ट प्रदर्शनले थप गोल हुन पाएन।

दोस्रो हाफमा नेपालले केही आख्रमण प्रयास गरे पनि गोल हुन सकेन। नेपालको अग्रपंक्ती र मध्यपंक्तीका खेलाडीहरुलाई कुवेतले खुलेर खेल्न दिएको थिएन। पहिलो चरणमा ७-०ले पराजित नेपालको दोस्रो चरणमा राम्रो प्रदर्शन मान्न सकिन्छ ।

यसअघि नेपाल पहिलो चरणमा अष्ट्रेलियासँग ५-०, जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो भने चाईनिज ताईपेईलाई २-०ले जितेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ