arrow

अनुच्छेद ३७० हटाएपछि शान्त भयो जम्मू–कश्मीर, के कति घटना भए  ? 

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
kashmir2.jpg

काठमाडौं । नरेन्द्र मोदीको केन्द्र सरकारले भारतको जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि ढुंगा हानाहानमा कमी आएको बताएको छ । 

मंगलबार संसद बैठकमा जानकारी दिँदै मोदी सरकारले अहिलेसम्म ७६५ जना ढुंगा हान्नेहरुलाई गिरफ्तार गरिएको छ । 

केन्द्रीय गृहराज्यमन्त्री जी किशन रेड्डीले गत ५ अगष्ट २०१९ मा ३७० अनुच्छेद हटाएपछि १५ नोभेम्बरसम्म ढुंगाबाजी र कानुनी व्यवस्था प्रभावित गर्ने मामलामा १९० मुद्दा दर्ता भएका छन् । 

त्यसको तुलनामा १ जनवरी २०१९ देखि ४ अगष्ट २०१९ सम्म यस्ता घटनामा जम्मू–कश्मीरमा ३६१ मुद्दा दर्ता भएका थिए । 

रेड्डीले जनताको सुरक्षाका लागि अलगाववादीहरुलाई हिरासतमा समेत लिइएको बताएका छन् । 

हुर्तियतसंग जोडिएका अलगाववादी नेताहरुले घाटीमा ढुंगा हानाहानमा जोडिएर घटना गराएको पनि विभिन्न जाँच एजेन्सीको जाँचलाई आधार मान्दै रेड्डीले बताएका छन् । 

१८ जनाविरुद्ध आरोपपत्र दर्ता गरिएको पनि जनाइएको छ । कश्मीर शान्त रहेको प्रमाण दिँदै रेड्डीले ६ महिनामा ३४ लाख १० हजार २१९ पर्यटक घाटी पुगेको पनि जनाएका छन् । जसमा १२ हजार ९३४ जना विदेशी नागरिक हुन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ