arrow

‘के अझै पनि तपाईसंग धुमपान गर्ने हिम्मत छ ?’ 

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
lung-damage-by-smoking.jpg

काठमाडौं । चुरोटले कतिसम्म खराव गर्छ भन्ने प्रमाण चिनियाँ एक व्यक्तिमा देखिएको छ । चीनको जिआंगसुस्थित रहेको बुशी पिपुल्स अस्पतालका डाक्टरले एक मृत व्यक्तिको फोक्सो ट्रान्सप्लान्ट गर्न अस्वीकार गरेका थिए । 

डाक्टरले अप्रेशन गर्दा उक्त व्यक्तिको कालो फोक्सो भएको बाहिर आएको थियो । 

उक्त व्यक्तिले ३० वर्षसम्म दैनिक एक बट्टा चुरोट (२० खिल्ली) चुरोट पिउँदै आएका थिए । जसका कारण उनको फोक्सो कालो भयो । 

डाक्टरले सामाजिक संजालमा उक्त एक भिडियो पोष्ट गरेका थिए । क्याप्सनमा ‘के अझै पनि तपाईसंग धुमपान गर्ने हिम्मत छ ?’ लेखेका थिए । लेखिएको थियो, ‘यदि धेरै चुरोट पिउने हो भने ट्रान्सप्लान्टका लागि तपाईको फोक्सोले स्वीकर गर्दैन ।’

यो भिडियोलाई सबैभन्दा राम्रो धुमपान विरोधी विज्ञापन मानिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ