arrow

ला-लीगा फुटबल: बार्सिलोना पराजित हुँदा दुवै मड्रिड बिजयी

बार्षा ७६ अंक सहित पहिलो स्थानमा

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
Real_Madrid_Ronaldo.jpg.jpeg
काठमाडौं। ला-लिगाको दावेदारी प्रस्तुत गरिरहेको बार्सिलोना रियाल सोसियादादसँग पराजित भएको छ। मिकेल ओईरजबलले पँचौं मिनेटमा गरेको गोल निर्णायक भएपछि बार्षा पराजित भएको हो।हेडबाट  गरेको उनको त्यो गोल नै निर्णायक रहेको थियो। 
 
लगातार २ हार ब्योहोरेको बार्षा लिईस स्वारेज बिनानै मैदानमा ओर्लेको थियो। पछिल्लो तीन खेलमा बार्षाले जीत निकाल्न सकेको छैन्। मेस्सीले केही राम्रा अवसरहरुको सृजना गरेपनि गोल भने गर्न सकेनन्। 
 
रियाल बिजयी
उता रियाल मड्रिडले आयबरलाई ४-०ले पराजित गरेको छ। हामेस रोड्डरिगेजले ५औं मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए। १८औं मिनेटमा लुकास वाजक्वेजले दोस्रो गोल गरेका थिए ।
 
स्टार खेलाडी रोनाल्डोले १९औं मिनेटमा गोल गरेर खेलमा गोलको बर्षात हुने संकेत गरेका थिए । खेलको ३९औं मिनेटमा जेस्सेले गोल गर्दै खेललाई ४-० को स्थितीमा पुर्याएका थिए। 
 
च्याम्पियन्स लीगमा पराजित भएपछिको खेलमा कोच जिदानले ८ परिवर्तन गरेका थिए। रोनाल्डो, पेपे र क्यासमिरोले मात्र टोलीमा स्थान पाउन सकेका थिए। 
 
रियालका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै लगातार ६ सिजन ३० गोल गर्ने किर्तिमान राखेका छन्।
 
एथलेटिको- स्पान्योल 
एथलेटिको मड्डरिडले स्पान्योललाई ३-१ गोलले पराजित गरेको छ। खेलको २९औं मिनेटमा पापे दियोपले गोल गर्दै स्पान्योललाई अग्रता दिलाएका थिए। फरनान्डो टोरेसले ३५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए। 
 
पहिलो हाफ बराबरीमा सकिएको थियो। ५८औं मिनेटमा ग्रिजम्यानले दोस्रो गोल गरेका थिए भने ८९औं मिनेटमा कोकले गोल गर्दै मड्रिडकालागि तेस्रो गोल गरेका थिए। 
 
३२ खेल खेलेको  बार्षा ७६ अंक सहित पहिलो स्थानमा रहेको छ भने एथलेटिको मड्रिड र रियाल मड्रिड क्रमश ७३ र ७२ अंक रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ