arrow

‘आइएसएमटी’मा पढेका विद्यार्थीहरु सतप्रतिशत रोजगार छन्’ –निर्देशक वस्ती

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
ismt-bashudev-wosti.jpg

काठमाडौं । इन्टरनेशनल स्कुल आफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) का सञ्चालन निर्देशक वासुदेव वस्तीले आइएसएमटी कलेजमा पढेका सत्प्रतिशत विद्यार्थी रोजगार भएको दावी गरेका छन् । 

उनले नेपालमा रहेका बीएससी आईटी, बीएचएम र बीबीए पढाइ हुने कलेजहरुमा आइएसएमटी उत्कृष्ट रहेको भन्दै यस कलेजमा पढेका विद्यार्थीहरु अहिलेसम्म बेरोजगार हुन नपरेको बताए । 

निर्देशक वस्तीले आइएसएमटीमा पढेका विद्यार्थीले विश्वको जुनसुकै कुनामा पनि काम पाउने दावी गरे । उनले कतिपय विद्यार्थीहरु स्वरोजगार भएर आफैले कम्पनी सञ्चालन गरेको समेत बताएका छन् । 

आइएसएमटीमा बेलायती विश्वविद्यालयसंग संवन्धन रहेको पाठ्यक्रमअनुसार कक्षाहरु संचालन हुने भएकाले विश्वको जुनसुकै विश्वविद्यालयमा पनि अध्ययन गर्न पाउने उनले बताए । 

उनले थप स्पष्ट पार्दै भने, ‘आइएसएमटीमा हामीले ब्रिटिश एजुकेसन डेलिभरी गर्छौं । हामीसंग त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त दुई वटा कलेज पनि छ । चितवनमा इन्द्रेणी र भक्तपुरमा केसीटीहो । म आइएसएमटीको कुरा गर्छु । आइएसएमटी नेपालमा भएका कलेजहरुमध्ये अलिकति फरक छ ।’

के छ आइएसएमटीमा ?
निर्देशक वस्तीका अनुसार आइटी र म्यानेजमेन्टलाई जोडेर हेर्दा आइएसएमटी नेपालमा भएका कलेजहरुमध्ये उत्कृष्टमा पर्छ । तीन वटा स्नातक तहका कार्यक्रमहरु संचालित छन् । 

वस्ती भन्छन्, ‘हामीले फरक र उत्कृष्ट भनेर दावी गर्नु भन्दा पनि मार्केटले बोल्ने चिज हो । हामीले मार्केटलाई विश्वास गर्छौं । हामीले जे दिएका छौं मार्केटले त्यही बोल्ने हो ।’

हाम्रो दावी आफ्नो ठाउँमा होला । युकेको शिक्षा नेपालमा डेलिभरी गर्छौं । एउटा प्लस टु गरेको विद्यार्थीले युके गएर ब्याचलर गर्छ त्यही कोर्स हामीले यहीँ उपलब्ध गराउँछौं । विद्यार्थी फिजिकल्लीमात्र यहाँ हुन्छ बाँकी सबै उसको युकेकै हुन्छ । 

हाम्रो परीक्षा अनलाइन बेसमा हुँदैन । सबै विषयको रिसर्च बेसमा हुन्छ । नेपालको शिक्षामा २–३ घण्टा परीक्षा केन्द्रमा बसेर दिएको जाँचको नतिजालाई आधार गरिन्छ । त्यो गलतहो । अहिलेको अन्तर्राष्ट्रिय शिक्षाले आधिकारिक र जेन्युन मान्दैन । 

किन त भन्दा उसले ३ घण्टा हलमा बसेर लेखेको चिजमा रिसर्ज हुँदैन । त्यो त गाइडेड हुन्छ । सीमित हुन्छ । रिसर्ज एसाइनमेन्टबाट नै विद्यार्थीको नतिजा आउने हो । तसर्थ आइएसएमटीको शिक्षा उत्कृष्ट छ भनी दावीगर्न सकिन्छ । 

आइएसएमटीमा १०० प्रतिशत नै रिसर्च बेसमा पढाउँछौं । तीन वटै विषयको ‘इन्डस्ट्री बेस्ड करिकुलम’ (उद्योगमा आधारित पाठ्यक्रम) छ । जसले गर्दा एउटा विद्यार्थी पासआउट भएर मार्केटमा जाँदा पनि १०० प्रतिशत काम गर्न सक्छु भन्ने आत्मविश्वास हुन्छ । मसंग यो स्किल छ र म यस्तो तरिकाले पर्फम गर्न सक्छु भन्ने दावी गर्न सक्छ । 

पढ्ने दौरानमा नै विद्यार्थीले त्यो चिज जानिसकेको हुन्छ । रिसर्च बेस पढाइ, ब्रिटिश करिकुलम, स्ट्रङ इन्डस्ट्री बेस्ड करिकुलम (मार्केटले जस्तो चाहन्छ त्यस्तै दिने) रहेको छ । यी तीन आधारमा पढाइ हुने भएकाले आइएसएमटीको पढाइ बेस्ट छ ।

नेपालमा हामीभन्दा सिनियर्सले जे पढिरहनु भएको थियो २० वर्षअघि अहिले हामीले त्यही पढाइरहेका छौं । केही परिवर्तन हुन्न । मार्केट कहाँपुगिसकेको हुन्छ नेपाली शिक्षा जहींको तहीं हुन्छ । तर युकेमात्यस्तो हुन्न । उनीहरुको मार्केट अनुसार पढाइ हुन्छ । त्यसैले त दुई दुई वर्षमाकरिकुलम चेन्ज हुन्छ । 

उनीहरुले पाँचवर्षमा कस्तो किसिमको म्यानपावर मार्केटलाई चाहिन्छ भनेर पढाउँछन् । त्यही चेन्जभएको करिकुलम हामी पढाउँछौं । तसर्थ आइएसएमटीमा पास भएको विद्यार्थीले ग्लोबल मार्केटमा जहाँ पनि काम पाउँछ । विद्यार्थीले आफ्नो डिमान्ड पनि क्रिएट गर्न पाउँछ । 
हामीले सन् २०१२ देखि क्लास लिन सुरु गरेकाहौं । अहिलेसम्म हामीले ठूलो मात्रामा विद्यार्थीहरु पासआउट गरिसकेका छौं । हामीले सुरुका वर्षमै तीनचार सय विद्यार्थी इनरोल गथ्र्यौं भने अहिले त्यो रेट छ सात सय भएको छ । त्यो रेटमै पासआउट भइराखेका छन् । 

हामीकहाँ फेल भन्ने शब्द नै हुँदैन । हामीविद्यार्थीलाई साइकोलोजिकल ट्रिट गर्छौं । उनलाई कन्स्ट्रक्टिभ तरिकाले पनिमोटिभेट गर्छौं र उसलाई लायकबनाएरमात्र पासआउट गर्छौं । एक दिनमात्र परीक्षादिएर पास वा फेलहुने होइन । 

आइएसएमटीमै किन पढ्ने ?
आइएसएमटी इन्टरनेशनल्ली रिकग्नाइज्ड र ब्रिटिश डिग्री डेलिभरी गर्छ पहिलो कुरो । दोस्रो कुरो यसको इन्डष्ट्रि बेस्ड कलिकुलम छ । तेस्रो कुरो के छ भनेदेखि नेपालमाहामीजस्तै अरु कलेजहरु पनि छन् ब्रिटिश डिग्री डेलिभरी गर्ने । तर कम्पेरेटिभ्ली हेर्ने हो भने न्यून तथा मध्यम वर्गले पनि एफोर्ड गर्न सक्ने फी स्टक्चर छ । त्यो कारणले पनि आइएसएमटीमा आउन सकिन्छ । अरु भन्दा फरक छ । 

हामीले विदेशमा गएर पढ्दा हुने खर्च र यहाँ पढ्दा हुने खर्चको आकाशपातालको फरक छ । यहाँका प्राइभेट कलेजले दिने सेवा र उनीहरुले लिने शुल्कभन्दा आइएसएमटीको शुल्क एफर्डेबल छ । साथसाथै हामीले दिने स्कलरसिप पनि छन् । संगसंगै एकदमै विपन्न तर सब्जेक्ट म्याटरसंग घुलमिल भएको विद्यार्थीलाई पनि हामीले स्कलरसिप उपलब्ध गराएका छौं । 

उसमा कुनै एक्स्ट्रा ट्यालेन्ट छ भने उसलाई पनि हामीले स्कलरसिप दिन्छौं । जस्तो कि नेशनलप्लेयर, राष्ट्रका लागिकुनै योगदान दिएको विद्यार्थी छ भने उसले सजिलै स्कलरसिप पाइरहेको हुन्छ । 

संगसंगै नेपालमा नै फस्ट टाइम भनौं दुई वर्ष नेपालमा पढिसकेपछि फाइनल इयर पढ्नका लागि युके, युएसए, अष्ट्रेलिया लगायतका देशमा क्रेडिट ट्रान्सफर गरेर पढ्न जान सक्छन् । आफ्नो ब्याचलर्स पूरा गर्न सक्छन् । जस्तो उसले इन्टरनेशनल एक्सपोजर पनि गेन गर्न सक्छ । 

यस्तोलाई एक्सचेन्ज प्रोगाम भने भन्दैन । यो क्रेडिट ट्रान्सफर हो । एक्सचेन्ज प्रोग्राम यताको उता र उताको विद्यार्थी यता भनेजस्तो हो । यसलाई सोसियल्ली पनिजोड्न सकिने भयो । तर हामीकहाँ भएको प्रोग्राम भनेको पढ्न बाँकी भएको क्रेडिट उतागएर पढ्ने हो । 

अबको योजना के छ ?
अपकमिङ स्ट्राडेजीभनेको आइएसएमटी जहाँ ब्रिटिश डिग्री लिनका लागि काठमाडौं नै आउने भन्ने वाध्यता छ । हामीले काठमाडौंंकै स्टयाण्डर्डमा नेपालका मुख्य सहरहरुमा अबको दुई वर्षभित्र लैजाने योजना बनाएका छौं । 

हाम्रो योजना भनेको चितवन, पोखरा, विराटनगर र बुटबल हो । यी सहरहरुमा जाँदाखेरीको अवस्थाभनेको सबै क्षेत्रको नेपाली विद्यार्थीले यो डिग्री सहज रुपमा पाउन सक्छन् । 

अर्कातर्फ हामीले लङ टर्म प्लानका रुपमाप्लस टुदेखि पोष्ट ग्राजुएटसम्मकै क्लास आइएसएमटीबाट दिने सोचमा छौं । हामीले दिने बाहिरको डिग्री भनेको प्लस टुको सट्टामा ‘ए’ लेभलको तयारी गरिरहेको हो । तत्काल भने यसलाई फोकस गरेका छैनौं । किनकि नेपालमा ए लेभल त्यति सफल हुन सकिरहेको छैन । ए लेभललाई प्लस टु को प्याटर्नमा पढाइएकाले नै त्यो सफल हुन नसकेको हो । हामीले भने इन्टरनल्ली तयारी गरिरहेकाले यसमा सफल हुन्छौं भन्ने आशा गरेका छौं । 

हामीले अहिले भने ब्याचलरको क्रेडिट ट्रान्सफर गरेर जाने विद्यार्थीलाई मास्टर्सको प्लानपनिदिइसकेका हुन्छौं । उसले मास्टर्स पनित्यहीं गर्नेछ । हाम्रो भावी योजनाभने ए लेभलदेखि मास्टर्स सम्मकै छ । हामीगर्न सक्षम छौं । 

को हुन् सञ्चालन निर्देशक वासुदेव वस्ती ?
वस्ती नेपालमै मास्टर्स डिग्री ग्राजुएट हुन् । उनले फाइनान्सबाट मास्टर्स गरे । उनी भन्छन् –त्यसपछि बाहिरको डिग्री लिने इच्छा जागेर केही निश्चित चिजले आकर्षण गरेसंगै युकेमा फेरि एमबीए गर्न गएँ । 

युकेमा एमबीए गरेपछि त्यहाँको सरकारले नै वर्क पर्मिटको सर्टिफिकेट दियो । मसंगै मेरो परिवारले पनि वर्क पर्मिट पाएको थियो । सामान्यतया हामी पढ्न जाने भनेर बाहिर जान्छौं तर बाहिरै बस्छौं । बाहिर बसेपछि नेपालमा केही पनि भएन भन्छौं । सरकारले पनि केही गरेन भनेर दोष दिइरहन्छौं । नेपालमा केही गर्ने वातावरण नै छैन भन्ने ट्रेन्ड पालेर बसेका हुन्छौं । 

बाहिरको सुख सुविधाको मोजमस्ती गर्छौं । यी कुरालाई विचार गर्दा मैले दुई वटा कुरालाई हेरें । एउटा सुख र अर्को सुविधा । सुविधाभन्दापनि मैले सुखलाई प्रायोरिटी गरें । बाहिर विकसित राष्ट्रमा सुविधाको कुरै नगरौं । त्यहाँ धेरै सुविधा छ तर सुखको खासै मान्छेले महसुस गर्दैन । 

त्यही हुनाले मैले नेपाल आएर नै केही गर्नुपर्छ भन्ने भयो । विदेशको कुरा बुझ्दा पनि नेपालमा नै केही गर्नुपर्छ भन्ने मानसिकता जाग्यो । त्यहीकारण नै म आइएसएमटीमा जोडिएँ । 

नेपालमा आएर शिक्षामै केही गर्नुपर्छ भन्ने थियो । मैले नेपालमा मास्टर्स र युकेमा गरेको मास्टर्सबीच ठूलो अन्तर थियो । त्यसले पनि मैले नेपालमै शिक्षामा केही गर्नुृपर्छ भन्ने भएको हो । नेपाल र युकेको ड्रास्टिक चेन्जमा मैले पनि कन्ट्रिव्युसन गर्न सक्छु भन्ने भएपछि मैले यो कदम चालें । 

म सन् २०१२ को स्टार्टिङ फेजदेखि नै आवद्ध छु । समहाउ यसले के चाहिं गरेको छ भने पहिले पहिले पढ्नलाई बाहिर जानुपर्छ भन्ने थियो । अहिले विदेशको डिग्री यहीं पाइने भयो । अर्कातर्फ बाहिर पढ्दाको एउटा सेमेष्टर कष्टले यहाँ पूरा डिग्री नै पाइन सक्ने भयो । यसलाई त हामीले सफलताकै रुपमा मान्नुपर्छ । 
आइएसएमटीको यो योगदान पनि हो । हामीले नेपालमा यो शिक्षा नदिएको भए सक्नेहरु विदेशमै जान्थे भने नसक्नेहरु वाध्य भएर अन्य क्षेत्रमा पढ्न थाल्थे । यसको पूर्ति गर्ने काम आइएसएमटीले गरेको छ । 

म आफ्नो कामबाट सन्तुष्ट छु । म पहिलेदेखि म्यानेजमेन्टमा भएको र युकेको रिसर्चले एजुकेशन सेक्टरको म्यानेजमेन्ट हेर्ने मौका पाएँ । त्यहीपार्ट मैले यहाँ खेलिरहेको छु । आफूलाई म्यानेजमेन्ट र मार्केटिङको एक्सपर्टको रुपमा लिन्छु । 
(यो समाचार आलेख सञ्चालन निर्देशक वासुदेव वस्तीसंगको कुराकानीमा आधारित भएर तयार गरिएको हो )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ