arrow

यसरी हुँदैछ चीनमा मुस्लिममाथि ज्यादती

logo
अस्टिन रम्जी, क्रिस बकले,
प्रकाशित २०७६ मंसिर ४ बुधबार
xinjiang-china.jpg

काठमाडौं। पछिल्लो समय चीनको विभिन्न किसिमको आन्तरिक समस्या सार्वजनिक भइरहेको छ। लामो समयदेखि हङकङमा जारी रहेको आन्दोलनले पनि चीनको समस्यालाई उजागर गर्छ। यसैबीच अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले चीनले आफ्नो मुलुकमा अल्पसंख्यक मुस्लिममाथि गरेको ज्यादतीको नयाँ तथ्य फेला पारेको छ। यसअघि चीनले मानवअधिकारको ख्याल नराख्ने गरेको आरोप लाग्दै आएकोमा अब भने ठोस प्रमाणको रुपमा सम्बन्धित कागजातहरु फेला परेका हुन्। 

चीनको सुदूर पश्चिममा रहेको एक क्षेत्रमा विद्यार्थीहरुले आफ्नो पढाइको सेमेस्टार सकिएपछि आफ्नो घर जाने तयारीमा छन्। तर, उनीहरुमध्ये कतिलाई उनीहरुको अभिभावकको अन्तै गएको, आफन्त हराएको र छिमेकी बेपत्ता भएको समाचार सुन्नुपर्ने हो थाहा छैन। उनीहरु सबैलाई चीनको दाबी अनुसारको एक सुधार क्याम्पमा राखिएको छ।

यो क्याम्पमा अल्पसंख्यक मुस्लिमलाई जबर्जस्ती उनीहरुको धर्म परिवर्तन गर्न लागाउने स्थल हो। चीनको सिन्चियाङ क्षेत्रका अधिकारीहरु पनि यसबारे निकै सतर्क छन्। यसैबीच चीनले आफ्ना अधिकारीहरुलाई दिएको निर्देशन सार्वजनिक भएको हो। यसमा विद्यालयबाट फर्किएका विद्यार्थीलाई शान्त राख्न निर्देशन दिइएको छ। साथै उनीहरुले गरेको प्रश्नको उत्तर कसरी दिने भन्ने कुरा पनि उक्त निर्देशनमा उल्लेख गरिएको छ। जसमध्ये सबैभन्दा पहिला ती विद्यार्थीले सोध्ने प्रश्न हो– मेरो परिवार कहाँ छन् ? 

यो प्रश्नमा उनीहरु अहिले सरकारले सञ्चालन गरेको तालिम गृहमा तालिम गरिरहेका छन् भन्ने उत्तर दिन लगाइन्छ। त्यसमा पनि थप दबाब दिन थालेको खण्डमा उनीहरुलाई अधिकारीहरुले उनीहरुको आफन्त दोषी नरहेको तर अहिले तत्काल उक्त तालिम गृह छाड्न नसक्ने जवाफ दिन्छन्। यस्तोमा केही विद्यार्थीहरुको आफ्नो स्वभावको कारण पनि यो कुरा नमान्न सक्छन् र तातो रिस गर्न सक्छन् भन्ने कुरालाई पनि उक्त निर्देशनमा उल्लेख गरिएको छ। यदि उनीहरुले मान्दै नमान्ने अवस्था आएको खण्डमा उनीहरुलाई तिमी उनीहरुलाई सहयोग गर्छौ भन्ने कुरा थाहा रहेको भन्दै साहनुभूति प्रकट गर्न पनि सुझाइएको छ। यो निर्देशन ४ सय ३ पेज लामो छ। 

विगत तीन वर्षदेखि चीनको यो क्षेत्रमा उइघुर मुस्लिमलाई विभिन्न आन्तरिक क्याम्पमा राखिएको छ। चीनले भने यो क्याम्पलाई रोजगारीको तालिम दिने केन्द्र रहेको बताउँदै आएको छ। तर, अहिले सार्वजनिक भएको आधिकारिक निर्देशनले भने उनीहरुलाई रोजगारीको तालिम दिनेभन्दा पनि उनीमाथि ज्यादती गर्ने गरिएको स्पष्ट हुन्छ। चीनले भने उनीहरुलाई आतंकवादविरुद्ध लड्का लागि सबल पारिएको बताउने गरेको छ।

सिन्चियाङ प्रान्तको सो क्षेत्रका बालबालिकाहरुलाई आफ्ना अभिभावकभन्दा टाढा लैजाने गरिन्छ। जसको कारण यो क्षेत्रमा जनशक्तिको अभावमा कुनै पनि बाली लगाइँदैन। अझै पनि अधिकारीहरुले चिनियाँ कम्युनिष्ट पार्टीमा अबद्ध भई शान्त रहन आग्रह गर्दै आएका छन्। अहिले प्राप्त भएका अन्य कागजातमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ ९६ पानाको छ। १ सय २ पानाको आन्तरिक अधिकारीको भनाइ छ। १ सय ६१ पानाको निर्देशन र प्रतिवेदनहरु छ। साथै ४४ पानाको आन्तरिक अनुसन्धानको प्रतिवेदन छ। तर, यी कागजातहरु कसरी जम्मा पारिएको हो भन्ने विषय भने खुल्न सकेको छैन। सिन्चियाङको समग्र जनसंख्याको आधाभन्दा बढी २ करोड ५० लाख उइघुर मुस्लिम छन्। 

यो क्षेत्रमा सन् २०१७ देखि उल्लेख्य मात्रामा मुस्लिमलाई पक्राउ गर्ने र बन्धन बनाएर जबर्जस्ती धर्म परिवर्तन गराउने चलन चलेको हो। उनीहरुलाई क्याम्पमा लगेपछि चिनियाँ कम्युनिष्ट पार्टीको भक्तिगान गाउन लागाइन्छ। अहिले प्राप्त भएको कागजातमा सन् २०१७ को गर्मीयामको पढाइ सकेर बिदामा आएका विद्यार्थीलाई कसरी व्यवहार गर्ने भन्ने कुरा सिकाइएको छ। अझ केही विद्यार्थीलाई त अभिभावक उपचारको लागि पठाएको भनेर भन्न लगाइएको छ। 

सरकारले उइघुर मुस्लिमका बच्चाहरुलाई मुलुकभरको विभिन्न विश्वविद्यालयमा पढ्न पठाउने गरेको छ। उनीहरुलाई कम्युनिष्ट पार्टीप्रति इमान्दार बनाउने प्रयास चीनको हुने गरेको छ। उनीहरुलाई थप प्रभावित बनाउनका लागि चीनले प्राशासनको समेत प्रयोग गर्ने गरेको पाइएको हो।

अहिले प्राप्त भएको निर्देशनमा विद्यार्थीहरुलाई वास्तविक कुरा थाहा भएको खण्डमा उनीहरु हिंसामा पनि उत्रिनसक्ने उल्लेख छ। यसले निकै गम्भीर मोड लिनसक्ने भन्दै त्यसतर्फ सचेत रहन सुझाइएको छ। त्यसका लागि जतिसक्दो चाँडो अधिकारी पुगेर उनीहरुप्रति मानवता देखाउँदै उनीहरुलाई कानूनी दायरमा ल्याउन सहयोग गर्नुपर्ने उल्लेख छ। 

चिनियाँ अधिकारीहरुसँग हुने प्रश्नोत्तर पनि निकै समान्य हिसाबमा शुरु हुन्छ र त्यसको उक्त पनि निकै भद्ररुपमा दिन सिकाइएको छ। शुरुमा चिन्ता लिनुपर्ने कुनै पनि कारण नरहेको बताइन्छ। अधिकारीले उनीहरुको ट्युशन फि निःशुल्क रहने बताउँछन्। 

साथै खाना र बस्ने खर्च र अन्य सुविधा पनि उच्च स्तरको प्रदान गरिने बताउँछन्। प्रतिदिन एक जनाको भागमा ३ डलर खर्च हुने गरेको बताइने गरेको छ। जुन एक दिनको लागि चीनमा उच्च स्तरको खर्च हो। त्यसपछि पनि आफन्त भेट्न चाहनेहरुका लागि एक भिडियो भेटघाट तय गरिन्छ। यसमा उनीहरुको सबै कुरा भिडियोमा रेकर्ड गरिएको हुन्छ।

विद्यार्थीहरुलाई पनि चीनको नियम र कानूनको पालना गर्न र हल्लाको पछि नलाग्न सचेत गराइएको हुन्छ। उनीहरुलाई यदि उनीहरुले सबै पाठ्यक्रम पूरा गरेको खण्डमा मात्र अभिभावकसँग बस्न पाउने भनी उनीहरुलाई डर पनि देखाउने गरिन्छ। 

वास्तवमा यसरी क्याम्पमा लगिने मानिसहरुले कुनै अपराध गरेका हुँदैनन्। प्रशासनका अधिकारीको मनस्थितिको कारण यसो हुन गएको विश्लेषकहरु बताउँछन्। अधिकारीहरुको मनमा आएको विचार अनुसार मानिसहरुलाई व्यवहार गरिने गरिएको उनीहरुको भनाइ छ।

उनीहरुमा मुस्लिम भाइरस रहेको भेदभाव गर्ने किसिमको सोच रहेको कारण उनीहरुलाई सुधार क्याम्पमा पठाइएको अधिकारीले बताउँछन्। यस्तोमा उनीहरुको पुनः स्वतन्त्र भएर हिँडडुल गर्ने सम्भावना त्यस किसिमको भाइरस दिमागबाट हटेपछि मात्र हुन्छ। 

अहिलेसम्म चिनियाँ राष्ट्रपति सी चिनफिङले एकपटक मात्र सिन्चियाङको भ्रमण गरेका छन्। यो भ्रमणबाट उनले ठूलो संख्यामा मानिसहरुलाई उठाएर क्याम्पमा राख्ने योजना कार्यान्वयनमा ल्याएका हुन्। उनले सन् २०१४ मा चारदिन यो क्षेत्रमा बिताएका थिए। यो क्षेत्रमा भ्रमणको अन्तिम दिन दुई उइघुर चरमपन्थीले रेल स्टेशनमा आत्मघाती विष्फोट गराए। यो घटनामा ८० जना मानिस घाइते भए। 

त्यसको एक साताअघि हतियारधारी चरमपन्थीले अर्को रेल स्टेशनमा अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए। यो घटनामा ३१ जनाको ज्यान गएको थियो भने ४० भन्दा बढी मानिस घाइते भएका थिए। चिनफिङको सिन्चियाङ भ्रमण सकिएको एक महीना नबित्दै तरकारी बजारमा विष्फोट भयो। उक्र विष्फोटमा परी कम्तीमा ३९ जनाको ज्यान गएको थियो भने ९४ जनाभन्दा बढी घाइते भएका थिए। 

यस किसिमको श्रृङ्खलाबद्ध घटनापछि चिनफिङले सो क्षेत्रका अधिकारीले गोप्यरुपमा केही निर्देशन दिन थाले। सोही निर्देशनअनुसार अहिले त्यहाँका मानिसहरुलाई क्याम्पमा राखेर थुन्ने गरिएको छ। यो क्याम्प एक कैदखाना जस्तै रहेको त्यहाँ पुगेर फर्किएका मानिसले बताएका छन्। यसैक्रममा चिनफिङले दिएको एक गोप्य सन्देशमा अधिकारीहरुलाई उइघुर मुस्लिममाथि कुनै पनि किसिमको दया देखाउन नपर्ने बताएका छन्।उनले उनीहरुलाई सकेसम्म धेरै यातना दिनुपर्ने बताएका छन्। तर, उनले दिएको सन्देशमा उल्लेख्य मात्रामा मानिसहरुलाई उठाएर ल्याउने आदेश भने दिइएको छैन।

चिनियाँ राष्ट्रपतिको पछिल्लो समय लोकप्रियता विश्वभर नै फैलिएको छ। तर, मानवअधिकारको मामिलामा भने उनले दिएको अभिव्यक्तिले भने चीनको आफ्नै आन्तरिक जनताप्रतिको सम्मानको अवस्थालाई देखाउँछ। सन् २०१४ मा उनले धार्मिक अतिवादीको मानसिकताको प्रभावलाई कहिले पनि बेवास्ता गर्न नहुने बताएका थिए। उनको यो भनाइले पनि अहिले चीनले अघि सारेको विभिन्न किसिमका कामहरुको पुष्टि गर्छ। उनले धार्मिक अतिवाद फैलिएको खण्डमा त्यसलाई रोक्न निकै गाह्रो हुने भन्दै् त्यसलाई बेलैमा रोक्नुपर्ने बताए।

चीन मुलुकमा हुने कुनै पनि किसिमको आतंकवाद रोक्ने प्रयासमा छ। त्यसका लागि उसले आफ्नो मुलुकमा रहेका मुस्लिम समुदायमाथि निगरानी राखेको छ। सी को भ्रमणको क्रममा भएका घटनाहरुले पनि यो कुरालाई बल दिएको हो। न्यूयोर्क टाइम्सबाट भावानुवाद



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ