arrow

स्कटल्याण्डकी कमला श्रेष्ठको 'सेतै कपास'

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
kamala.JPG

काठमाडौं । स्कटल्याण्डकी कमला श्रेष्ठको पहिलो म्युजिक भिडियो 'सेतै कपास' सार्वजनीक भएको छ ।  परदेशमा अझ बढी स्वदेश अनि आफ्नो गीत संस्कृतिलाइ बढी मिस गरिन्छ। एकजना सामाजिक अभियन्ता आफ्नो ब्यबसाय र सामाजिक कार्य संगसंगै अगाडी बढाउदै आफ्नो सोखको रुपमा रहेको गायन क्षेत्रमा पनि आफुलाई स्थापित गर्दै छिन।

हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर , एडिनबरा , स्कट नेपाल क्लब, नेपाल, एडिनबरा तथा नेपाल स्कटल्याण्ड एसोशियसनमा आबद्ध भएर स्कटल्याण्डमा नेपाली कला र संस्कृतिको प्रबर्द्धन गरिरहेकी गायिका कमला श्रेष्ठ अन्य बिभिन्न च्यारिटी संस्थाहरुमा पनि संलग्न भएर बेलायत तथा नेपालका बिभिन्न भागहरुका असहायहरुको सहयोगार्थ बिभिन्न च्यारिटी कार्यक्रममा सहभागी भइ रहन्छिन।

यसपटकको नेपाल भ्रमण भने उनले फरक ढंगले गरिन। स्कटल्याण्ड एसोसिएशन तथा रोयल बोटानिकल गार्डेन एडिनवराको आर्थिक सहयोगमा निर्मित उक्त भवनका लागि ह्याबिट्याट कन्सर्नको साझेदारी र स्थानीय विद्यालय समितिको सक्रियतामा निर्माण कार्य सम्पन्न गरी १८ अक्टोबरमा  दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं १ मा रहेको क्षमावती माध्यमिक विद्यालयका लागि ४ कोठे नव निर्मित भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण कार्यक्रममा सहभागी भइन। त्यसको लगत्तै सर्लाही जिल्ला स्थित बसबरिया गाउँपालिका वडा नं २ का बाग्मति नदिबाट प्रभावित ८० परिवारलाई नेपाल स्कटल्याण्ड एसोसिएशनले भाडाकुडा र टर्च लाईट वितरण कार्यक्रममा सक्रिय सहभागिता जनाइन।

छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि उनीहरुको मुहारमा खुसी छाएको त्यस क्षणमा नै आफ्नो पहिलो लोक दोहोरी गीतको स्वर रेकर्डसंगै म्युजिक भिडियोमा मुख्य भूमिका पनि निभाइन। जुन म्युजिक भिडियो रिलिज पनि भइसकेको छ।  म्युजिक भिडियो रिलिज भएको ३ दिनमै २३ हजार बढी हेरिएको छ।

रुकुममा जन्मिएर दाङ्गमा हुर्किएर धेरै संघर्ष गर्दै २ दशकदेखि बेलायतको स्कटल्याण्ड रेस्टुरेन्ट ब्यबसाय गर्दै रहेकी कमला श्रेष्ठले यस म्युजिक भिडियोबाट उठेको रकममध्ये गरिब दु:खी एबम पिडितहरुको सहयोगार्थ सदुपयोग गर्ने सोच बनाएको बताइन।

 एक नारायण भण्डारीको शब्द र संगीतमा कमला श्रेष्ठ र सुजन तिगेला लिम्बुको स्वर तथा अभिनय रहेको छ। यस म्युजिक भिडियोको लगत्तै उनि अर्को गीत रेकर्डिंगको सोंचमा रहेकी कमला आफ्ना स्वर्गीय बाबा तोप प्रसाद श्रेष्ठ आमा हिरु श्रेष्ठ र ठुलो बाबा - ठुली आमालाइ संगीत र सामाजिक कार्यको लागि प्रेरणाका श्रोत मान्छिन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ