arrow

म्यानसीटी बिजयी हुँदा आर्सनल बराबरीमा रोकियो, चेल्सी पराजित

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
West_Ham_Caroll.jpg.jpeg
काठमाडौं। एणडी क्यारोलको ह्याट्रिकले वेष्ट ह्याम र आर्सनलको खेल बराबरी भएको छ। खेलको ४औं मिनेटमा पहेंले कार्ड पाएका क्यारोलले अन्तत: आफ्नो ह्याट्रिक पुरा गरेका थिए। 
 
खेलको ३५औं मिनेटमा २-० गोलको अग्रता लिएको आर्सनलले लगातार ४४औं र ४५औं मिनेटमा गोल खाँदै पहिलो हाफ सकिंदासम्म २-२को स्थितीमा पुगेको थियो।
 
खेलको ५२औं मिनेटमा क्यारोलले आफ्नो ह्याट्रिक पुरा गर्दै ३-२को अग्रता दिलाएका थिए। ७०औं मिनेटमा कोसिएन्लीले गोल गर्दै खेल ३-३मा पुर्‍याएका थिए। 
 
आर्सनलकालागि ओजिल, सान्चेजले १-१ गोल गरेका थिए। 
 
म्यानसीटी बिजयी
आफ्नो घरेलु मैदानमा सीटीले वेष्ट ब्रोमलाई २-१ गोलले पराजित गरेको हो। वेष्टब्रोमले छैठौं मिनेटमा स्टेफन सेसेग्ननको गोलले अग्रता लिएको थियो भने सर्जिओ अग्वेरोले १९औ मिनेटमा पेनाल्टी मार्फन गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 
 
बराबरीमा सकिएको पहिलो हाफमा वेष्टब्रोमका क्रेग गार्डनरले पहेंलो कार्ड पाएका थिए। समिर नास्रीले ६६औं मिनेटमा गोल गर्दै सीटीलाई २-१ गोलको अग्रता दिलाएका थिए जुन पछि अन्तिम नतिजामा परिणत भएको थियो। 
 
चेल्सी पराजित
स्वानसीले चेल्सीलाई पराजित गरेको छ। राम्रो फर्ममा नरहेको चेल्सीले फेरि एकपटक हार ब्योहोरेको छ। खेलको २५औं मिनेटमा गिफ्ली सिगर्डसनले गोल गर्दै १-०को अग्रता दिलाएका थिए । पछि त्यही गोल नै निर्णायक हुन पुगेको थियो। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ