arrow

नबोदितका राजु भण्डारी बने ‘‘टियू गोल्ड मेडलिष्ट’’

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
raju-bhandari.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्नातक तहको व्यवस्थापन संकायतर्फ नबोदित कलेजका राजु भण्डारीले प्रथम स्थान हासिल गर्दै गोल्ड मेडलिष्ट भएका छन् ।

नवोदित विद्या कुञ्ज सामाखुशीमा अध्यनरत भण्डारीले त्रिभुवन विश्वविद्यालयभरका विद्यार्थीहरुलाई पछि पार्दै ७८.६५% प्रतिशत अंक ल्याएका हुन्। भण्डारीले चार बर्षे व्यबस्थापन संकाय (२०७३–२०७६) अन्तर्गत प्रथम, दोश्रो, तेश्रो र चौथो बर्षमा क्रमश ७७.८०%, ७६.४०%, ७५.२०% र ८५.२०% प्रतिशत प्राप्त गर्न सफल भए ।

आफू नेपालभरबाट प्रथम भएको थाहा पाउँदा खुसीको सिमा नरहेको र यसमा नवोदित कलेज परिवारको ठूलो योगदान रहेको भण्डारीले बताए । उनले भने, ‘परिवारपछि स्कूल र कलेज नै शिक्षा दिक्षाको मुल श्रोत हो, कलेजमा गुरुहरुले दिनुभएको सुझावलाई अनुसरण गर्दै अगाडी वढ्दाको परिणाम हो, सम्पूर्ण गुरुहरुप्रति आभार प्रकट गर्दछु । ’

यसैबीच कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले आफ्नो विद्यार्थी गोल्ड मेडलिष्ट भएकोमा खुसी व्यक्त गर्दै भण्डारीलाई बधाई तथा शुभकामना ब्यक्त गरे । भबिष्यमा कलेजले प्रदान गर्ने शिक्षालाई अझै प्रभावकारी बनाउँदै लैजाने उनले प्रतिबद्धता समेत जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ