arrow

सुनिल केरुङ बने पाँचथर तारा, उपाधि सँगै पाए ५० हजार नगद

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ चैत २८ आइतबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। सुनिल केरुङले पाँचथर तारा बन्न सफल भएका छन्। सयौँ प्रतिष्पर्धीलाई पछि पार्दै उनी ताराको उपाधि पाएका हुन्। तारा केरुङले उपाधीसँगै ५० हजार नगद र हजारौँ मूल्य बराबरको संगीत सामग्री पाएका छन्। शनिबार भएको अन्तिम छनौट प्रतियोगिमा सुललित, मधुर र मिठासपूर्ण गीत नै विजयीको माध्यम बन्यो।
 
प्रतियोगितामा समिर एक्तेन दोश्रो र मन्दिरा नेम्बाङ तेश्रो भएका छन्। टप टेनबाट टप फाइभको छनौट गरिएको थियो। प्रतियोगिताको विजेतालाई एमाओवादी सांसद श्रीप्रसाद जवेगूले चम्किलो नक्षत्र बनेर नेपाली सांगितिक क्षेत्रको समृद्धिमा लाग्न शुभकामना दिए। उनले कला क्षेत्र नै राज्यको व्यवस्था परिवर्तनको माध्यम पनि हुने बताए। प्रतियोगिता बरदान संगितालय र सुम्हात्लुङ एफ.एम.ले आयोजना गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ