arrow

ओरालो लागिरहेको स्पर्शलाई सम्हाल्न आए मोरिन्हो

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
mourinho4.jpg

एजेन्सी। प्रिमियर लिग फुटबलको क्लब टोटेनह्याम हटस्पर्शले नायँ व्यवस्थापकमा जोसे मोरिन्होलाई भित्र्याएको छ। मंगलबार मात्र माउरिसियो पोचेतिनोलाई व्यवस्थापकबाट हटाएको स्पर्शले बुधबार मोरिन्होलाई भित्र्याएको हो।

१२ खेलमा अंक तालिकाको १४औं स्थानमा रहेको स्पर्शलाई मोरिन्होले उकास्लान भन्ने हेतुले क्लबमा अनुबन्ध गरिएको हो। विश्वको सफल फुटबल व्यवस्थापकका रुपमा चिनिएका मोरिन्होको म्यानचेस्टरसँगको यात्रा भने सुखद रहेको थिएन।

छ महिना अगाडी मात्र स्पर्शलाई च्याम्पियन्स लिग फाईनल पुर्‍याएका पोचेतिनोलाई हटाउँदै गत बर्ष म्यानचेस्टर युनाईटेडबाट बर्खास्त भएका मोरिन्होलाई क्लब ब्यवस्थापनले जिम्मा लगाएको हो।

सपर्श आउँदै गर्दा ५६ बर्षिय मोरिन्होले खेलाडीहरुको तारिफ गर्नुका साथै एकेडमीका खेलाडीहरुको पनि तारिफ गरेका छन्। उनले क्षतावान खेलाडीहरुसँग काम गर्न पाउँधा मलाई खूशी लागेको बताएका छन्। क्लबका खेलाडीहरुमा क्षमता देखेर नै आफु स्पर्श आएको पनि स्पष्ट पारेका छन्।

पोर्टो, ईन्टर मिलान, रियल मड्रिड, चेल्सी र म्यनचेस्टर युनाईटेडको व्यवस्थापकको जिम्मेवारी सम्हालिसकेका मोरिन्होले स्पर्शसँग २०२२-२३को सत्र सम्मका लागि अनुबन्ध गरेका छन्।

तिनवटा प्रिमियर लिग जितेका व्यवस्थापकबाट स्पर्शले पनि राम्रो नतिजाको आश गरेको छ। त्सयैगरि चारवटा फरक देशको लिग जित्नुका साथै उनको नाममा पोर्टो र ईन्टरका लगि च्याम्पियन्स लिग जिताएको अनुभव पनि रहेको छ।

विश्वमा सफल व्यवस्थापकका रुपमा हेरिने मोरिन्होले १२ खेलमा १४औं स्थानमा रहेको स्पर्शलाई के गर्छन त्यो समयले बताउने छ। उनको आफ्नो कार्यकालमा म्यानचेस्टर युनाईटेडसँगको अनुभव सायद बिर्सिन चाहान्छन होला। सन् २०१६मा युनाईटेडसँग अनुबन्धित मोरिन्हो २०१८को डिसेम्बरमा बर्खास्त भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ