arrow
ADVERTISEMENT

४० आप्रवासी उद्धार : टर्की

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर ४ बुधबार
turkey-flag.jpg

इस्तानबुल। टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानूनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधवार जानकारी दिएको छ। टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा अवैध आप्रवासीहरू बोकेको एउटा डुङ्गा दुर्घटना भएको थियो। तटीय सुरक्षाकर्मीहरुले चालीस जना गैरकानुनी आप्रवासीहरूलाई बचाएको बताएको छ।
 
उद्धार अभियान सुरु हुनुअघि समुद्रमा आप्रवासीहरूले भरिएको सानो डुङ्गा देखिएको मन्त्रालयले जारी गरेको फोटोमा देखाइएको थियो। एजियन सागर हुँदै युरोप जाने प्रवासीहरूको लागिका लागि टर्की मुख्य मार्ग भएको छ। सन् २०१६ को मार्चमा टर्की र युरोपियन युनियन बीच हस्ताक्षर गरिएको सम्झौताले अवैध आप्रवासको प्रवाहलाई रोक्ने भनिएको थियो। यस वर्षदेखि अहिलेसम्म कूल ५४ हजार ३८७ जनाले टर्की हुँदै ग्रीस पुग्ने कोशिश गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ