arrow

मौका गुम्यो : बराबरीले उपाधि दावेदार आर्सनललाई झट्का

क्यारोल ह्याट्रिकले कडा टक्कर

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
Koscielny-Arsenal.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिगमा संघर्षपूर्ण बराबरीले उपाधि दावेदार आर्सनलाई झट्का लागेको छ । लिगको शनिबार राति भएको खेल निकै प्रतिस्पर्धात्मक र संघर्षपूर्ण रहयो । वेष्ट ह्याम युनाइटेडको घरेलु मैदान बोलेन ग्राउण्डमा ३–३ बराबरीले आर्सनल अंक बाँड्न मात्रै बाध्य भएन । दोस्रो स्थानको टोटनह्यान हट्सपरसंग अंक दुरी घटाउने सुवर्ण मौका गुम्यो । 
 
खेलको १८औ मिनेटमा मेसुत ओजिल र ३५औं मिनेटमा अलेक्सिस सान्चेजले गरेको गोलबाट २–० को अग्रता लिएको आर्सनल सम्हालिन नसक्दा जित निकाल्न भने सकेन । पहिलो हाफमै वेष्ट ह्यामका एण्डी क्यारोलले दुई गोल गरेपछि खेल बराबरीमा पुग्यो । 
 
दोस्रो हाफलगत्तै क्यारोलले ह्याट्रिक गरेपछी आर्सनल निकै दबाबमा रहयो । पछि ७०औं मिनेटमा लरेन कोसेल्नीले एक गोल थपेर ३–३ को बराबरी गरेपनि त्यसपछिको समयमा आर्सनलले जितका लागि गोल गर्न सकेन । 
 
लिगमा ६ खेल बाँकी छँदा यो बराबरीले आर्सनललाई निकै घाटा लागेको छ । आर्सनल अब टोटनह्यामसंग ३ अंकले पछि परेको छ । यद्यपि, समान ३२ खेलबाट ६९ अंक जोडेर शीर्षस्थान कब्जा गरेर बसेको लेस्टर सिटीसंग भने ९ अंकको अन्तर छ ।  टोटनह्यामको ६२ अंक हुँदा आर्सनलको ५९ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ