arrow

सागको ओलम्पिक टर्च सुरु, सातै प्रदेशमा कहिले कहाँ ? को को सहभागी ?

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
olympians.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १३ औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भुमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्याली प्रारम्भ हुने खेलाडी संघका अध्यक्ष एवं र्याली संयोजक दीपक श्रेष्ठले जानकारी दिए । 

टर्च सातै प्रदेशका मुख्य शहरमा पुर्याइने अध्यक्ष श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा सागका कीर्तिमान म्याराथन पूर्व धावक वैकुण्ठ मानन्धरले नेपालमा विगतमा भएका दुई साग भन्दा १३ औं साग भब्य हुने बताए ।

कहिले कहाँ पुर्याइँदैछ टर्च ?
पहिलो दिन र्याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ ।

नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

को को सहभागी हुँदैछन् टर्च र्यालीमा ?
१३ जना यो ओलम्पिक टर्च र्यालीमा सहभागी हुँदैछन् । ओलम्पियनदेखि कीर्तिमानी खेलाडीहरु यो टर्च र्यालीमा सहभागी हुनेछन् । 

र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुने छन् ।
काठमाडौं, पोखरा र जनकपुरमा हुने सागको उद्घाटन मंसिर १५ गते दशरथ रंगशालामा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ