arrow

सागबारे मुख्यमन्त्री गुरुङले भने –‘प्रदेशको तर्फबाट आवश्यक बजेट दिन्छौँ’

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
pri.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गरेका छन् । १३ औं दक्षिण एशियाली खेलकुद (साग) तयारीको लागि निर्माणाधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरिक्षण गर्दै मुख्यमन्त्री गुरुङले पुर्वाधार निर्माणको लागि केहि रकम तत्कालै क्याविनेट बैठक बसी विनियोजित गर्न सक्ने बताएका छन् ।

‘साग सम्पन्न गर्न रकमको अभाव छ भने हामी तत्काल निर्णय गरि विनियोजित गर्र्छौं, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो’– मुख्यमन्त्री गुरुङले भने । 

उनी सहित सामाजिक विकास मन्त्री नरदेवी पुन, १३ औँ साग समितिका पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकार लगायतको टोलीले रंगशालाको निरीक्षण गरेका थिए ।

सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउद्धेश्यीय कभर्डहलको निरीक्षण गर्दै साग आायोजक समितिका पदाधिकारी समेतलाई भेटी रंगशालाको बारेमा जानकारी लिएका थिए ।
। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ