arrow

पाकिस्तान–अष्ट्रेलिया र न्युजिल्याण्ड–इंगल्याण्ड टेष्ट क्रिकेटमा यस्तो छ अवस्था

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
cric.jpg

काठमाडौं । पाकिस्तान र अष्ट्रेलियाबीचको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया बलियो स्थितिमा पुगेको छ । ब्रिसबेनमा जारी खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै २४० रन बनाएको थियो । 

बिहीबारदेखि सुरु भएको खेलमा असाद शफिकले ७६ रन बनाएका थिए । कप्तान अजर अलीले ३९ रन तथा मोहम्मद रिजवानले ३७ रन बनाए । ७५ रनको पहिलो विकेटको साझेदारी भए पनि बाँकी ३ रन जोड्न ४ विकेट गुमाएको थियो पाकिस्तानले ।

मिचेल स्टार्चले ४, पाट् कमिन्सले ३ तथा जोस हाज्लेवुडले २ विकेट लिए । 

जवाफमा उत्रिएको अष्ट्रेलियाले निकै राम्रो खेलिरहेको छ । २६ ओभर खेल्दा अष्ट्रेलियाले विना कुनै विकेटको नोक्सानीमा १०३ रन बनाएको छ । 

डेभिड वार्नरले ५५ र जो बर्नसले ४१ रन बनाएर खेलिरहेका छन् । 

न्युजिल्याण्ड–इंगल्याण्ड
न्युजिल्याण्ड र इंगल्याण्डबीचको पहिलो टेष्ट क्रिकेट माउन्ट मौनगानुईमा चलिरहेको छ । 

इंगल्याण्डले पहिले ब्याटिङ गर्दै ३५३ रन बनायो । बेन स्टोक्सले ९१, जो बेन्लीले ७४ तथा रोरी बर्नसले ५२ रन बनाए । 

टिम साउथीले ४ तथा नेल वाग्नरले ३ विकेट लिए । जवाफमा न्युजिल्याण्डले १८ रन जोड्दै पहिलो विकेटका रुपमा टम लथामलाई गुमाएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ