arrow

क्यान महासंघमा सुनैना र नवराज टीमको भिड्न्त

शनिवार हुने चुनावमा को कति बलियो ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार

काठमाडौ। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघमा चुनावी रौनक बढेको छ। शनिवार हुने निर्वाचनमा अध्यक्षको लागि सुनैना घिमिरे पाण्डे र नवराज कुँवर आ-आफ्नो टिम बनाएर भिड्ने पक्का भएको छ। बिगतमा निक्कै राम्रो साख राखेको कम्प्युटर क्षेत्रको सबैभन्दा ठुलो संस्था क्यान महासंघको नयाँ नेतृत्व चयन गर्न देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरु काठमाडौ आउने क्रम जारी रहेको छ। बिगत बर्षहरुमा भन्दा यस पटक ब्यवसायिक उम्मेदवारहरु भन्दा पनि राजनैतिक प्रभावमा परेर प्यानल बनाएको आरोप प्रतिनिधिहरुले लगाएका छन्।

गैर राजनैतिक संस्थालाई राजनैतिक खोल ओढेका ब्यक्तिहरुले कब्जा जमाउन खोजेको एक पूर्व अध्यक्षले आरोप लगाएका छन्। उनले भने  "सत्ता र शक्ति केन्द्रमा धाउने र नेताहरुलाई फोन गर्न लगाउदै उम्मेदवार फिर्ता गर्न दवाव समेत दिनुले क्यानको भबिश्यमा चिन्ता गर्नु पर्ने बेला आएको छ। यस्ता राजनैतिक खोल ओड्नेहरुलाई मतदाताले जवाफ दिनेछन् भन्ने बिश्वस्त रहेको छु।"

क्यानमा अध्यक्षमा एकजना, ब्यक्तिगत साधारण/आजिवन तर्फबाट ७/३ जना, संस्थागत साधारण/आजिवनबाट ७/३ जना तथा हरेक प्रदेशबाट २/२ जना गरेर १४ जना तथा बिषयगतबाट ४ जना र लेखा समितिमा ब्यक्तिगत, संस्थागत र बिषयगतबाट एक एक जना गरि ३ जना समेत गर्दा जम्मा ४२ जना निर्वाचित हुने छन्। त्यसमध्ये बिषयगत तर्फ ४ जना नारायण बहादुर थापा, चिरञ्जीवी अधिकारी तथा भोजराज भट्ट लगायत सबै पद निर्बिरोध निर्वाचित भएका छन्। यो निर्वाचन प्रकृया सकिएपछि निर्वाचित सदस्यहरुले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष जस्ता पदाधिकारीहरु छान्नेछन्। 

प्रतिनिधिहरुले अध्यक्षलाई सबैले भोट हाल्न पाउने छन् भने ब्यक्तिगत साधारण/ आजिवनका उम्मेवारलाई यिनै समुहका प्रतिनिधिहरुले मात्र भोट हाल्न पाउने छन्। त्यसैगरी संस्थागत साधारण/आजिवनले समेत यिनै समुहबाट उम्मेदवार भएका प्रतिनिधिहरुलाई मात्र भोट हाल्न पाउने छन्। भने लेखा समितिका उम्मेदवारलाई पनि आफ्नो आफ्नो समुहका प्रतिनिधिहरुले मात्र भोट हाल्न पाउने छन्।

कस्ता छन् सुनैना घिमिरे र नवराज कुवँर टिमका उम्मेदवार ?
क्यानको अहिलेसम्मको इतिहासमा महिलाले अध्यक्षमा उम्मेदवार दिएकै थिएन, सुनैना घिमिरे अध्यक्षमा बिजयी बनेर पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्न चाहन्छिन्। उनी लामो समय देखि माइक्रोसक्टसग आवद्ध भएर काम गर्दै आएकी छन्। उनी क्यानको बिभिन्न पदमा बसेर १० बर्ष भन्दा बढी काम गरि सकेकी छन्। उनीको टीममा लामो समय सुचना र प्रबिधि क्षेत्रमा काम गरेका ब्यवसायीक ब्यक्तिहरुको बाहुल्य रहेको देखिन्छ। 

त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी नवराज कुवर संचार उद्धमी हुन्। उनी बुटवलमा बसेर बुटवल टुडे नामक पत्रिका चलाउन्छन्। उनी पनि क्यानको बिभिन्न पदमा बसिसकेका छन्। उनको टिममा केही नयाँ तथा केही पुराना अनुहार समेटेका छन्।

सुनैना घिमिरेको टिममा ब्यक्तिगत आजिवन सदस्यहरुबाट हेमपाल श्रेष्ठ, सुमन प्रधान, अमित अग्रवाल रहेका छन्। हेमपाल आइटीको रिसर्चरको रुपमा काम गर्दै आएका चिनिएका ब्यक्ति हुन्। सुमन प्रधान आइएसप्पानमा अध्यक्ष भइसकेका ब्यक्ति हुन भने अमित अग्रवाल खल्तीका संस्थापक हुन्। लेखा समितिको सदस्यमा आइटी कलेज कान्तिपुर सिटी कलेज पुतलीसडकका प्रिन्सिपल राजु कट्टेललाई उम्मेदवारी बनाएको छ। 

लेखा समितिको यसभन्दा अघिको समितिमा कम चर्चा हुन्थो तर यसपटक आइटीमा नै लामो समय काम गरेका अनुभवीहरु नै उठे पछि भूमिका बढ्ने अपेक्षा गरिएको छ। यो समुहका प्रतिनिधिहरुले अध्यक्ष एक जना र ३ जना आजिवन सदस्य र ब्यक्तिगत तर्फका लेखा समितिका सदस्यलाई एक जनालाई मतदान गर्न पाउनेछन्।

त्यसैगरी नजराज टिमबाट ब्यक्तिगत आजिवनमा प्राडा शुवर्ण शाक्य, बिक्रम श्रेष्ठ र दामोदर अधिकारीको उम्मेदवार बनेका छन्। शाक्य आइटीबाट पहिलो प्राध्यापन बन्न सफल ब्यक्ति हुन्। पुल्चोक क्यापसको कम्प्युटर बिभागमा लामो समय देखी अध्यापन क्षेत्रमा सकृय छन्। उनी राष्ट्रिय सूचना प्रबिधि केन्द्र सिहदरबारको डाइरेक्टर समेत भएर काम गरिसकेका ब्यक्ति हुन्।

त्यसैगरी सुनैना टीमबाट ब्यक्तिगत साधारण तर्फ रेग बहादुर भण्डारी, चन्द्रबिलास भुर्तेल, डा श्रीधर मरासिनी, रुपेशभक्त श्रेष्ठ, उम्देवार बनेका छन् भने गुणकेशरी प्रधान र सुष्मा प्रधान यही समुहबाट निर्विरोध भइसकेका छन्। यही समुहबाट उम्मेदवार बनेका भण्डारी आइटीको अध्यापन कार्यका सकृय रहेका छन् भने उनी रिसर्जमा समेत सहभागि हुदै आएका छन्। ब्यक्तिगत साधारण तर्फबाट लेखा समिति सदस्यमा राजु कट्टेललाई उम्मेदवारी बनाएको छ। लेखा समिति सदस्यमा ब्यक्तिगत साधारण र आजिवन दुबैबाट एक जना मात्र बिजयी हुनेछन्। 

त्यसैगरी नवराजको टीमबाट ब्यक्तिगत सदस्यहरुमा खुसल रेग्मी, सुवास खड्का, श्री पौडेल, दिनेशराज कार्की उम्मेदवार बनेका छन्। संस्थागत आजिवन तर्फ सुनैना टीमको तर्फबाट बिक्रम सिंह, समिर प्रधान, अहमत खान रहेका छन्। लेखा समिति सदस्यमा यो समुहबाट केशव प्रसाद भट्टराई रहेका छन्। 

त्यसैगरी नवराज कुवरको तर्फबाट डा. पवन कुमार शर्मा, राजेन्द्र अर्याल र नविन जोशी रहेका छन्। संस्थागत साधारण तर्फबाट सुनैना घिमिरे टीमबाट रंजित पोदार, अरुण वंशल, बुद्धरत्न मानन्धर, उमेश रघुवंशी, रेमा राजभण्डारी, सरिता सिंह कायस्थ रहेका छन् भने नवराज कुवँर टीमबाट राजन कर्माचार्य, आलोक कुमार मालु, शंकरलाल श्रेष्ठ, निरञ्जन पटेल, शर्मिला भुजेल रहेका छन्।

उम्मेदवार माथि धेरै दावी बिरोध परे पनि निर्वाचन समितिले छिनोफानो बाहिर ल्याएको छैन्। स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष पदका प्रत्यासी उम्मेदवार कुँवरका बिरुद्ध महासंघको विधान विपरीत बदनियत पूर्ण रूपमा आजिवन सदस्यता लिएको भनी उजुरी परेको छ।

सुनैना बिरुद्ध समेत उजुरी परेको छ। निर्वाचनको अख्तियारी लिएका निर्वाचन प्रमुख नै सम्पर्क बिहिन भएका छन्। उनी अरुलाई नै निर्वाचनको जिम्मा लगाएर चीन भ्रमणमा लागेको बताइएको छ। अध्यक्षका उम्मेदवार रहेकी सुनैनाले उम्मेदवारी फिर्ता गर्न राजनैतिक उच्च तहबाट नै दवाव आएको बताएकी छन्।

केही सदस्यहरूले भने निर्वाचन समितिले निश्पक्ष ढंगले काम गर्ला भनेर शंका ब्यक्त गरेका छन्। केही प्रतिनिधिहरुले मुख्य निर्वाचन अधिकृतलाई प्रभाव पारेर चुनावको नतिजा आफ्नो पक्षमा पार्न कुवँरको टीम लागेको भनेर आरोप लगाएका छन्। निर्वाचन तालिका प्रकाशन पछि किन हराए त प्रमुख निर्वाचन अधिकृत ? यसको खोजी हुन जरुरी छ कतै राजनैतिक दवाव त हैन् ? ती सदस्यले प्रश्न गरे।

क्यानको वेभ साइटमा निर्वाचन सम्बन्धी राखिएको सुचना हेर्दा पनि निर्वाचन प्रकृया निश्पक्ष र ब्यवसायीक हुन सक्ला र भन्ने प्रश्न उब्जिएको उनले बताए। ति सूचनाहरु कुनै ब्यवसायीक कानुन जानेकाले बनाएको हो भन्ने आधार नरहेको उनको दावी रहेको छ। जित्नेमा दुवै अध्यक्ष ढुक्क देखिन्छन्। तर केही मतदाता भने चुनाव निश्पक्ष हुनेमा शंका ब्यक्त गर्न थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ