arrow

सरकार आर्थिक अपराध रोक्न असफल : लेखा सभापति शाह

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
bharat-shah-butwal.jpg

बुटवल। प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक बिसंगती रोक्न आफुहरु लागिपरेको बताएका छन्। १० बर्ष पहिलेदेखिको गोलमाल भएको हिसाब मिलान, कारबाही ,असुल उपर,बेरुजु फस्र्यौट, माफि लगायतका प्रकृयामा समिति क्रियाशिल भएर काम गरिरहेको उनले दाबी गरे। रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देश आर्थिक मन्दीको अवस्था रहेको जिकिर गरे।

‘यहि अवस्था रहिरहे नेपालको आर्थिक अबस्था एक दिन गर्ल्याम गुर्लुम ढल्नसक्छ। राज्यको ढुकुटी सरकारले जथाभाबी पैसा बाढेर रित्तायो, मनपरि खर्च बढेको छ, सरकारले ट्याक्स बढाउने काम बाहेक अरु केहि गरेन।’ उनले भने। सरकारले गरेका एकएक कामको लेखाजोखा भैरहेको भन्दै उनले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताए। सभापति शाहले अन्त शुल्कको स्टीकर छपाइको टेण्डर नेपाली कम्पनीले पाउनुपर्ने बताए।

अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेण्डर बिदेशी कम्पनीलाइ दिएको भन्दै नेपाली कम्पनीलाइ नै टेण्डर दिन निर्देशन समेत दिएको समेत बताए। ‘मन्त्रालयले मनोमानी गरेपछि हामीले निर्देशन दिएका छौं,आर्थिक चलखेलका लागि बिदेशी कम्पनीलाइ किन टेण्डर दिने,नेपालीले किन नपाउने ?’समतिले सिमेन्ट कम्पनीहरुमाथि पनि छानबिन गरिरहेको जानकारी दिदै उनले ओपिसि सिमेन्टको गुणस्तरमा पनि समितिको ध्यान गएको बताए।

वाइडबढी, एनसेल लगायतमा अख्तियारले कारबाही गर्न नसकेको भन्दै अख्तियार पनि सरकारकै आदेश अनुसार चल्ने गरेको बताए। सरकारले आर्थिक पारदर्शिता अपनाउन नसकेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको आलोचना समेत उनले गरे। उनले भने ‘अर्थमन्त्री पढेलेखेका छन्,सिस्टमले मात्रै हुदैन, नेपालको सिचुएसन अनुकुल काम गर्नूस्, अर्थ ब्यबस्था कुनै दिन ढल्नसक्छ।’

पूर्वअर्थराज्यमन्त्री समेत रहेका उनको प्रश्न छ—‘भन्सारमा गाडी आउन कम भो,राजश्व असुली २२ प्रतिशत मात्रै छ,सरकारले जनतालाइ कर मात्रै थोपरेको छ ,उद्योगीहरु मर्कामा छन्,प्यानकार्ड र समाजिक सुरक्षा कोषले झन् समस्या थपेको छ,यसरी कतिदिन चल्छ र ?’कांग्रेस नेता समेत रहेका शाहले सरकारले सीमा बिबादमा एक बिज्ञप्ती बाहेक अन्य ठोस पहल केही नगरेकोमा आपत्ती जनाए।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोडफोडको राजनीति नगर्ने भन्दै सरकारले गल्ती कमजोरी सच्चाएर अघि बढ्नुपर्ने बताए। उनले प्रदेश ५ को राजधानी कांग्रेसले नै रुपन्दही तोकेको भन्दै अब अन्यत्र सार्न नहुने बताए।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केहिदिन पहिले दिएको बुटवल—भैरहवामा आर्थिक अपराध बढ्यो भन्ने अभिब्यक्ति माथि उनले टीप्पणी गरे। आफै मुख्यमन्त्री,अनि अपराध बढ्यो भन्दै हिड्न सुहाउछ ? कि त रोक्नुपर्यो ,होइन भने त पदमा बसिरहनुको औचित्य रहदैन।’साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीले संचालन गरेका थिए।

बुटवल। प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक बिसंगती रोक्न आफुहरु लागिपरेको बताएका छन्। १० बर्ष पहिलेदेखिको गोलमाल भएको हिसाब मिलान, कारबाही, असुल उपर,बेरुजु फस्र्यौट, माफि लगायतका प्रकृयामा समिति क्रियाशिल भएर काम गरिरहेको उनले दाबी गरे।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देश आर्थिक मन्दीको अवस्था रहेको जिकिर गरे। ‘यहि अवस्था रहिरहे नेपालको आर्थिक अबस्था एक दिन गर्ल्याम गुर्लुम ढल्नसक्छ। राज्यको ढुकुटी सरकारले जथाभाबी पैसा बाढेर रित्तायो, मनपरि खर्च बढेको छ, सरकारले ट्याक्स बढाउने काम बाहेक अरु केहि गरेन। ’उनले भने।

सरकारले गरेका एकएक कामको लेखाजोखा भैरहेको भन्दै उनले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताए। सभापति शाहले अन्त शुल्कको स्टीकर छपाइको टेण्डर नेपाली कम्पनीले पाउनुपर्ने बताए। अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेण्डर बिदेशी कम्पनीलाइ दिएको भन्दै नेपाली कम्पनीलाइ नै टेण्डर दिन निर्देशन समेत दिएको समेत बताए।

‘मन्त्रालयले मनोमानी गरेपछि हामीले निर्देशन दिएका छौं, आर्थिक चलखेलका लागि बिदेशी कम्पनीलाइ किन टेण्डर दिने,नेपालीले किन नपाउने ?’समतिले सिमेन्ट कम्पनीहरुमाथि पनि छानबिन गरिरहेको जानकारी दिदै उनले ओपिसि सिमेन्टको गुणस्तरमा पनि समितिको ध्यान गएको बताए।

वाइडबढी, एनसेल लगायतमा अख्तियारले कारबाही गर्न नसकेको भन्दै अख्तियार पनि सरकारकै आदेश अनुसार चल्ने गरेको बताए। सरकारले आर्थिक पारदर्शिता अपनाउन नसकेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको आलोचना समेत उनले गरे। उनले भने ‘अर्थमन्त्री पढेलेखेका छन्,सिस्टमले मात्रै हुदैन, नेपालको सिचुएसन अनुकुल काम गर्नूस्, अर्थ ब्यबस्था कुनै दिन ढल्नसक्छ।’

पूर्वअर्थराज्यमन्त्री समेत रहेका उनको प्रश्न छ—‘भन्सारमा गाडी आउन कम भो,राजश्व असुली २२ प्रतिशत मात्रै छ,सरकारले जनतालाइ कर मात्रै थोपरेको छ, उद्योगीहरु मर्कामा छन्, प्यानकार्ड र समाजिक सुरक्षा कोषले झन् समस्या थपेको छ, यसरी कतिदिन चल्छ र ?’

कांग्रेस नेता समेत रहेका शाहले सरकारले सीमा बिबादमा एक बिज्ञप्ती बाहेक अन्य ठोस पहल केही नगरेकोमा आपत्ती जनाए। उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोडफोडको राजनीति नगर्ने भन्दै सरकारले गल्ती कमजोरी सच्चाएर अघि बढ्नुपर्ने बताए। उनले प्रदेश ५ को राजधानी कांग्रेसले नै रुपन्दही तोकेको भन्दै अब अन्यत्र सार्न नहुने बताए।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केहिदिन पहिले दिएको बुटवल-भैरहवामा आर्थिक अपराध बढ्यो भन्ने अभिब्यक्ति माथि उनले टीप्पणी गरे। आफै मुख्यमन्त्री,अनि अपराध बढ्यो भन्दै हिड्न सुहाउछ ? कि त रोक्नुपर्यो, होइन भने त पदमा बसिरहनुको औचित्य रहदैन।’साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीले संचालन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ