arrow

सागको उद्घाटनमा दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्च र्याली सुरु, देश डुलेर फर्किन्छ १५ गते रंगशालामा

logo
प्रकाशित २०७६ मंसिर ७ शनिबार
sag-olympic-torch.jpg

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको उद्घाटन दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको र्याली शुक्रबारदेखि सुरु भएको छ । सातै प्रदेशका मुख्य शहरमा पु¥याइने टर्चको र्याली स्वयम्भु स्टुपादेखि सुरु गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका म्याराथन धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्याली सुरु भएको थियो । 

टर्च लिएपछि र्यालीमा सहभागी हुने ओलम्पियनहरुले स्वयम्भुको तीनपटक परिक्रमा गरेपछि स्वयम्भु हाताबाट र्यालीका लागि प्रस्थान गरेका थिए । ओलम्पियनसंगै सदस्य–सचिव सिलवालले पनि स्वयम्भुको परिक्रमा गरेका थिए । 

टर्च हस्तान्तरण गर्नुअघि विभिन्न खेलका राष्ट्रिय खेलाडीसहित र्यालीमा उपस्थितले स्वयम्भुको ३ मिनेट प्राथना गरेका थिए । र्याली शुभारम्भ कार्यक्रममा सदस्य–सचिव सिलवालको ‘१३ औं सफल पारौं’, जित्छौं, हामी जित्छौं’ र ‘नेपालको जय होस’ भन्ने नारामा उपस्थित सबैले साथ दिएका थिए ।

र्याली व्यवस्थापनको जिम्मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पाएको छ । र्यालीमा खेलाडी संघका अध्यक्षसमेत रहेका र्याली संयोजक दीपक श्रेष्ठ बाहेक विभिन्न खेलका १२ ओलम्पियन सहभागी छन् । त्यसमा एथलेटिक्सबाट सर्वाधिक ७ ओलम्पियन छन् ।

र्यालीमा सहभागी हुने ओलम्पियनहरुमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु तथा मुकुन्दहरि श्रेष्ठ छन् ।

पहिलो दिन र्याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ । 

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टर्चबाट दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ