arrow

सागका लागि फुटबलको ‘ड्र’ सार्वजनिक, कसको भिडन्त कोसंग ?

logo
प्रकाशित २०७६ मंसिर ७ शनिबार
sag-football-draw.jpg

काठमाडौं । नेपालमा आयोजना हुँदै गरेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलको पुरुष तथा महिलातर्फको खेलतालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलको  ‘ड्र’ सार्वजनिक गरेको हो । 

पुरुष फुटबलमा ६ र महिला फुटबलमा ४ टिमले सहभागीता जनाएकामा पुरुषतर्फ दुई समूह बनेको छ भने महिलातर्फ राउन्ड रोविन लिगको आधारमा खेल हुनेछ । 

पुरुष फुटबलमा नेपाल रहेको समूह  ‘ए’ मा बंगलादेश र भुटान रहेका छन् । समूह  ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूहको शीर्ष र अर्को समूहको दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको टिमबीच सेमिफाइनलको भिडन्त हुनेछ । 

विजेता टोली स्वर्ण पदकको भिडन्तका लागि फाइनल खेल्नेछन् भने पराजित हुने दुई टिमले कास्यका लागि खेल्नेछन् । 

नेपालले त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा डिसेम्बर १ तारिखमा पहिलो खेलाम बंगलादेशसित खेल्नेछ । ५ डिसेम्बरमा भुटानसित खेल्नेछ । एक जितले पनि नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ । 

पुरुषतर्फका सबै खेल रंगशालामै हुनेछन् । महिलातर्फका खेल भने पोखरा रंगशालामा हुनेछन् । नेपाल, भारत, श्रीलंका र मादिभ्स मात्र सहभागी भएकाले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछन् ।

शीर्ष दुई टीमबीच स्वर्णपदकको भिडन्त हुनेछ । खेल डिसेम्बर ३ देखि हुनेछ । नेपालको पहिलो खेल डिसेम्बर ३ मा श्रीलंकासंग हुनेछ । डिसेम्बर ५ मा माल्दिभ्ससंग र डिसेम्बर ७ मा भारतसंग हुनेछ ।

पुरुषतर्फको नेपाल डिफेन्डिङ च्याम्पियन हो । नेपालले अहिलेसम्म तीन पटक च्याम्पियन हुँदै स्वर्ण जितेको छ । महिलातर्फ भारतले स्वर्णपदक जित्दा नेपाल रजत पदकमै अड्किएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ