arrow

छ महिनापछि विद्यालय खुल्ने तयारीमा

logo
रामचन्द्र न्यौपाने,
प्रकाशित २०७२ चैत २८ आइतबार
bshahi.jpg.jpeg
त्रिपुराकोट (डोल्पा) । चिसो बढेपछि गत मङ्सिर महिनादेखि नै बन्द भएका उपल्लो डोल्पाका विद्यालय बल्ल खुल्न सुरु गरेका छन् । मङ्सिरमा सुरु हुने वार्षिक परीक्षा सकाएर जाडो छल्न बेंसी झरेका शिक्षक तथा विद्यार्थी गाउँ फर्किन सुरु गरेका छन् । उपल्लो डोल्पामा कात्तिक महिनादेखि नै भारी हिमपात सुरु भई चिसो अत्यधिक बढ्ने भएकाले हरेक वर्ष त्यहाँका विद्यालय मङ्सिरदेखि नै बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी युवराज पौड्यालले जानकारी दिए । 
 
डोल्पामा दुई प्रकारको मौसम हुने भएकाले तल्लो डोल्पामा फागुन पहिलो हप्ताभित्रै पठनपाठन सुरु हुने भए पनि उपल्लो डोल्पामा चिसोले बस्न नसकिने हुँदा अब मात्र विद्यालय खुल्न थालेको पौड्यालले बताए । डोल्पामा दुई शैक्षिक सत्र हुन्छन् । तल्लो डोल्पामा फागुनको सुरुदेखि नै भर्ना अभियान सुरु हुने गरे तापनि यस वर्ष उपल्लो डोल्पामा यही चैत २५ देखि भर्ना अभियान सुरु भइसकेको छ । आगामी वैशाख २ गतेभित्र पठनपाठन सुरु हुने बताइएको छ । 
 
उत्तरी भेगमा पर्ने साल्दाङ, भिजेर ,तिन्जे,मुकोट, छार्का, धो लगायत गाविसमा मङ्सिरदेखि चिसो बढ्ने भएकाले गाउँका सबै सर्वसाधारण हिउँद कटाउनका लागि तल्लो डोल्पा झर्ने गर्छन् । उपल्लो डोल्पामा १८ प्राथमिक र एक मावि छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ