arrow

पश्चिम भारतमा सडक दुर्घटना बाह्रको मृत्यु

logo
सिन्हवा,
प्रकाशित २०७६ मंसिर ७ शनिबार

नयाँ दिल्ली। भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ। दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जनाएको छ। 

शनिबार बिहान ३:३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दुर्घटना भएको जनाइएको छ। बसचालकले गाडीको नियन्त्रण गुमाएपछि उक्त दुर्घटना भएको थियो।  

उक्त दुर्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो। चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। छ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ