arrow

दश आइएस लडाकूद्वारा आत्मसमर्पण

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर ७ शनिबार
ISIS.jpg

काबुल। अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताएका छन्। नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन्। अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको बताइएको छ।

महिला र बालबालिकाहरूलगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले गत हप्ताहरूमा सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ