arrow

मनकारी अध्यक्षले गरे मृगौला पिडीतलाई ब्यक्तिगत सहयोग

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ मंसिर ७ शनिबार
wadadhakshaya2.jpg

बझाङ ।  गरिब तथा दिन दुखीहरुलाई ब्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएका जिल्लाको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले फेरि दुबै मृगौलाले काम गर्न छोडेपछि ६ बर्ष देखि डायलासिस गर्दै आएका जिल्लाको दुर्गाथली गाउँपालिका ४ डुंग्री  घर भएका ३२ बर्षिया मदन राज जोशीको उपचारका लागि  आर्थिक सहयोग गरेका छन्। आर्थिक अभावमा उपचारमा समस्या भएपछि अध्यक्ष रोकायाले जोशीको घरमा गएर ब्यक्तिगत रुपमा ६० हजार रुपायाँ सहयोग गरेपछि पिडीत परिबार खुशी भएका छन्  । 

घरको आर्थिक अबस्था कमजोर भएको र ६ बर्षसम्म उपचारमा लाखौ रुपयाँ खर्च भएकाले भारतको आन्द्रा प्रदेशमा जोशीको उपचार गरिदै आएको छ । हप्ताको ३ पटक डायलासिस गर्नु पर्ने र महाङ्गो किसमको औषधी सेवन गर्नु पर्ने भएकाले उपचारका लागि खर्च जुटाउन समस्या भएको गुनासो सुने पछि खप्तड छान्ना गाउँपालिका अध्यक्ष रोकायाले ब्यक्ति रुपमा सहयोग गरेपछि पिडीत परिबार खुशी भएका छन् ।

 पिडित जोशीकी श्रीमती बिमला जोशीले भने भए भरको रकम उपचार गर्नमा सक्कियो अब उपचार गर्न साह्रै समस्या भएकोले गाउँपालिका अध्यक्ष रोकायाले आर्थिक सहयोग गरेपछि खुशी भएको समेत बताए । उनले भने आफुले आफ्नै गाउँपालिकामा उपचारमा सहयोग गरि दिन बारम्बार निबेदन दिए तर गाउँपालिकाले अरु ब्यक्तिलाई उपचार गर्न ५ लाख रुपयाँ दिएको तर आफुहरुलाई ४० हजार रुपयाँ मात्र लिनुहोस भनेपछि आफुले नल्याएको हो । जोशीले भने अरु गाउँपालिका अध्यक्ष आएर यसरी सहयोग गर्नुभयो तर आफ्नै गाउँपालिकाबाट सहयोग पाँएन । 

भारतको आन्द्रा प्रदेशको अगुंर अस्पतालमा उपचार गराउदै आएका जोशीको हालसम्म उपचारमा मात्र २३ लाख रुपयाँ भन्दा बढी खर्च भएको जोशीको पारिबारिक स्रोतले जानकारी दियो । हप्ताको ३ दिन नियमित डाईलासिस गर्नु पर्छ र नियमित रुपमा औषधी सेबन गर्नु पर्छ धेरै पैसा खर्च भएकाले सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेपनि कुनै पनि ठाउँबाट आर्थिक स्रोत नजुटेको समेत पिडितका भाई कृष्ण जोशीले बताए ।

 जोशीले भने महिनामा झण्डै ४५ हजार रुपायाँ खर्च हुन्छ , हामी जस्तो गरिब परिबारका लागि खर्च जुटाउन समेत हम्मे हम्मे भएको छ र जम्मै रिण निकालेर उपचार गर्दै आएका छौ । 

गरिब दीनदुखीलाई पटक पटक सहयोग गर्दै आएका अध्यक्ष रोकायाले भने मृगौला पिडित जोशीको घरको अबस्था निकै कमजोर रहेछ ,उनको घरको पारिबारिक अबस्था देखेर आफु निकै दुखि भएकोले आफुले सहयोग गरेको बताए । अध्यक्ष रोकायाले भने गरिब दीनदुखीको सेवा गर्नु नै धर्म हो, परोपकार नै मानब सेवा भएकाले यस्ता पिडीत तथा दीन दुखीलाई सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि हुन्छ । 

यस अगाडी पनि अध्यक्ष रोकायाले घरको आर्थिक अबस्था कमजोर भएका पढाईमा राम्रो भएका खप्तड छान्ना गाउँपालिका ५ मोतुवा घर भएका भक्त बहादुर सिंहका कान्छो छोरा बिनय बहादुर सिंहलाई धनगढीमा लोकसेवाको तयारी कक्षा पढ्नका लागि  गाउँपालिका कार्यालयमा नगद तिस हजार सार्वजनिक रुपमा दिए भने गाउँकै एक सामुदायिक बनलाई ७० हजार रुपयाँ सहयोग गरेका थिए। 

अध्यक्ष रोकाले ब्यक्तिगत रुपमा आफ्नै गाउँपालिकाका क्यान्सर पिडीत बिक्रम थापालाई समेत ३ लाख रुपयाँ ब्यक्ति रुपमा सहयोग गरेका थिए भने सशस्त्र द्धन्दको समयमा आफ्नो परिबारबाट ब्यपत्ता भएका रोल्पा घर भएका कालेलाई उनको घर पत्ता लगाई आर्थिक सहयोग सहित उनको घरमा पुर्एका थिए । पिडीत जोशीलाई उनकै गाउँका केशबराज जोशीले समेत दश हजार रुपयाँ सहयोग गरेका थिए। जोशीले अध्यक्ष रोकाया संगै पिडीतकी श्रीमती बिमला जोशीलाई एकमुष्ट सहयोग गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ