arrow

तेह्रौं सागमा ३१७ स्वर्णसहित १११५ पदकका लागि भिडन्त, सबैभन्दा बढी पौडीमा ३८ स्वर्ण 

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
sag-prachar.jpg

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि प्राविधिक समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक गंगाबहादुर थापाले सागमा समावेश खेलका प्रतियोगिता स्थल तोक्नेदेखि प्राविधिकहरुको संख्यासम्म निर्धारण गर्ने काम सम्पन्न भएको जानकारी दिए । 

यसैगरी महिला फुटबल पोखरा रंगशालामा नै आयोजना गर्ने गरि तयारी भइरहेको पनि बताए । साग आयोजनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २ हजार ३५ जना अफिसियलको आवश्यकता पर्ने पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ । 

जसमा अन्तर्राष्ट्रिय रेफ्री तथा जज र जुरी गरि ६ सय १३ जना नेपाल आउने छन् भने राष्ट्रियस्तरका रेफ्री तथा जज र जुरीको संख्या ७ सय ३२ जना रहेको छ । यस्तै प्राविधिक सहायकको रुपमा ६ सय ९० जनशक्ति परिचालन हुने छन् ।

सागमा ३१७ स्वर्ण र त्यतिकै संख्यामा रजत पदकका लागि प्रतिस्पर्धा हुने छ । यसैगरी कास्य पदकको संख्या भने ४८१ रहेको छ । सागमा पौडीमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । 

यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । तेक्वान्दोमा २९ भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुने छ । 

यसैगरी जुडोमा १५,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । साईक्लिङमा ८ तथा ब्याडमिन्टन, टेवल टेनिस र टेनिसमा ७–७ स्वर्ण पदकका लागि भिडन्त हुने छ । ट्रायथलनमा ५ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा स्क्वास र गल्फमा ४ वटाका लागि भिडन्त हुने छ । 
यस्तै बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, कवड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ