arrow

बार्सिलोना र रियाल मड्रिडको अन्तर एक गोलको 

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
real-madrid16.jpg

काठमाडौं । स्पेनिश लिग फुटबलमा १३ औं चरणको समाप्तिसम्म उपाधिका दुई दावेदार टिमहरु बार्सिलोना र रियाल मड्रिडबीचको गोलको अन्तर केबल एक गोलमा सीमित भएको छ । 

१३ औं खेलमा शनिबार राति बार्सिलोनाले लेगानेसलाई उसकै मैदानमा २–१ गोल अन्तरले हरायो । लुइस सुवारेज र आर्तुरो भिडालले १–१ गोल गरे । लेगानेसका नेस्रीले सुरुआती अग्रता दिलाएका थिए । 

त्यस्तै रियालले रियाल सोसिडाडलाई घरेलु मैदानमा ३–१ गोल अन्तरले हरायो । करिम बेन्जेमा, फेडेरिको भल्भार्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले पहिलो गोल गरेका थिए ।

अन्य खेलको नतिजा 
लेभान्ते २–१ मयोर्का
रियाल बेटिस २–१ भ्यालेन्सिया
ग्रानाडा १–१ एथलेटिको मड्रिड

अंक तालिका 
१३ खेलबाट बार्सिलोना र रियाल मड्रिड समान २८ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । एथलेटिकोको २५, सेभियाको २४, सोसिडाडको २३, ग्रानाडाको २१ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ