arrow

हङकङमा चुनाव, अवरोध नगरी मतदान गरी चीनलाई सन्देश दिन आग्रह

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
hk-protest.jpg

काठमाडौं । हङकङमा आइतबार स्थानीय चुनाव हुँदैछ । उक्त चुनावमा कुनै अवरोध नगर्न लोकतन्त्र समर्थक आन्दोलनकारीहरुले आग्रह गरेका छन् । 

लामो समयदेखि उनीहरुले हङकङलाई स्वतन्त्र गर्न र पूर्ण लोकतन्त्रका लागि माग गरिरहेका छन् । उनीहरुले चीनलाई जवाफ दिनका लागि पनि अर्ध स्वायत्त चिनियाँ क्षेत्रको चुनावलाई सफल पार्नुपर्नेमा जोड दिएका हुन् । 

आन्दोलनकारीहरुको आशा छ कि चुनावले बेइजिङ सरकारलाई पाँच महिनादेखि अस्थिर रहेको हङकङले गतिलो सन्देश दिनेछ । 

यता मतदान अधिकारीहरुले भने मतदान केन्द्रमा कुनै अवरोध आएमा मतदान स्थगित गर्ने धम्की दिएका छन् । 

लोकतन्त्र समर्थकहरुले काउन्सिलमा प्रतिनिधित्व बढाउन सफल हुने दावी समेत गरेका छन् । 

७४ लाख जनसंख्या भएको हङकङमा ४१ लाख मानिसले मतदानका लागि नाम दर्ता गरेका छन् । 

एक हजार भन्दा बढी उम्मेदवार ४५२ जिल्ला काउन्सिल सिटका लागि चुनावी मैदानमा छन् । पहिलो पटक सबै क्षेत्रमा चुनाव हुन लागेको हो ।

ग्रामिण जिल्लाका लागि २७ सिट छुट्टाइएको छ । यी सिटहरुमा हालसम्म बेइजिङ समर्थित पार्टीहरुको बहुमत छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ