arrow

इआइसीटी नेपालका निर्देशक कट्टेल क्यानमा निर्वाचित

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
raju-kattel1.jpg

काठमाडौं । इआइसीटी नेपालका निर्देशक राजु कट्टेल कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानमा निर्वाचित भएका छन् । 

कट्टेल लेखा समिति सदस्यमा निर्वाचित भएका हुन् । कान्तिपुर सिटी कलेजका क्याम्पस प्रमुख कट्टेल लामो समयदेखि सूचना प्रविधिको अध्यापकका रुपमा परिचित छन् । 

क्यान निर्वाचनमा अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । अन्य पदाधिकारीको छनोट आइतबार निर्वाचित सदस्यहरुबाट गरिने छ । 

शनिबार राति सम्पन्न मतगणनामा कुँवरले अध्यक्षकी प्रतिस्पर्धी सुनैना पाण्डेलाई पछि पार्दै जित सुनिश्चित गरेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ