arrow

महाराष्ट्रमा राजनीतिक जटिलता, सत्ता शक्तिमा रस्साकस्सी

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
maharastra.jpg

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा जारी सरकार गठनबारेको राजनीतिक जटिलताप्रति सर्वोच्च अदालतले चासो देखाएको छ । 

आइतबार सर्वोच्चले विपक्षी दलको निवेदनमाथि सुनुवाई गर्दैछ । शिवसेना, राकांपा र काँग्रेसले देवेन्द्र फडणवीस र अजित पवारलाई शपथ दिलाउन राज्यपाल भगत सिंश कोश्यारीको फैसलालाई चुनौती दिएका छन् । 

विपक्षले राज्यपालको फैसलालाई मनोमानी तथा दुर्भावनापूर्ण बताएका छन् । तिनै पार्टीले विधायकहरुको किनबेच रोक्न सरकार गठनका लागि २४ घण्टे फ्लोर टेष्टका लागि माग गरेका छन् । 

सर्वोच्चका न्यायाधीश एनवी रमना, अशोक भूषण र संजीव खन्नाको बेन्चले सुनुवाइ गर्ने भएको छ । 

आइतबार स्थानीय समय अनुसार बिहान ११ः३० बजे को समय दिइएको छ । 

विपक्ष कांग्रेस–राकांपा–शिवसेनाले बहुमत हुँदा हुँदै पनि राज्यपाल फडणवीसलाई मुख्यमन्त्री बनाइएको आरोप लगाएका छन् । 

ब्यापारिक नगरी मुम्बईको यो राजनीतिक अस्थिरताले कसलाई कता डोहोर्याउने हो अत्तापत्तो छैन । सर्वोच्चले फैसला गर्नुअघि कांग्रेस नेता जयन्त पाटिल आइतबार बिहान राकांपा प्रमुख शरद पवारको मुम्बईस्थित घरमा पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ