arrow

चीनलाई सूचना बेचेका पुर्व अमेरिकी गुप्तचरलाई १९ बर्ष जेल

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
CIA-usa.jpg

एजेन्सी। चीनलाई सूचना बेचेको भन्दै सिआईएका पुर्व कर्मचारीलाई १९ बर्षको जेल सजाए दिईएको छ। चीनलाई सुचना बेचेको भन्दै अमेरिकी नागरिक ५५ बर्षिय जेरी चुङ सिन लिलाई उक्त सजाय सुनाईएको हो। जेरीले चीनलाई उनले काम गरेको अवधीको १३ बर्षको सुचना ८ लाख ४० हजार अमेरिकी डलरमा बेचेको स्विकारेका छन्। अमेरिकाको भर्जिनिया स्थित अदालतले जेरीलाई १९ बर्षको सजाय सुनाएको हो। सरकारी वकिलले २० बर्ष भन्दा बढीको सजाए मागेका भए पनि १९ बर्षको जेल सजाएको निर्णय भएको छ।

१५ बर्षको उमेरमा हङकङबाट हवाई आएका जेरीले अमेरिकी नागरिकता लिएका थिए। पछि उनले अमेरिकी गुप्तचर संस्था सिआईएमा काम गरेका थिए। अनुसन्धान अधिकृतका रुपमा काम गरेका जेरीले आफुले काम गरेको अवधीका सूचनाहरु चीनलाई बेचेका थिए।

उनले सन् १९९४ देखि २००७ सम्मका सुचनाहरु चीनलाई बेचेका थिए। उनले उक्त सूचनाहरु पेन ड्राईव र डायरीमा राखेका थिए जस्मा सीआईएका उच्च अधिकारीहरुका विवरण पनि रहेको बताईएको छ।

उनले सीआईएको जासुशी बिमान सहितको सूचना बेचेका थिए। यस्तै २० वटा ठूला सूचनाहरु उनले बेचेका थिए। उनले बेचेका अरु सूचनाहरु भने खुलाईएको छैन। जेरीले जासुशी बिमानको सूचना बेचेका थिए भनेपछि यसबाट अन्दाज लगाउन सकिन्छ उनले अरु कति महत्वपुर्ण सूचनाहरु बेचेका होलान्।

यसअघि पनि केविन मेलोरीलाई चीनलाई सूचना बेचेको आरोपमा २० बर्षको जेल सजाए दिईएको थियो। उनले २५ हजार डलरमा सूचना बेचेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ