arrow

न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर ८ आइतबार
new-zealand-earthquake.jpg

विलिङटन। न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ। देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन्। स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए। 

भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन्। स्थानीय समयानुसार आइतबार विहान ५.३४ बजेतिर भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ। सुरुमा ५.३ म्याग्नीच्युड र त्यसपछि सवै भन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन्। सो भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ