arrow

बोलिभियामा नयाँ निर्वाचनको बाटो खुल्यो

logo
एएफपी,
प्रकाशित २०७६ मंसिर ८ आइतबार
bolivia-election.jpg

ला पाज। दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि बाटो खोलिदिएको छ। यहाँको संसदले शनिबार एक कानुन पारित गरेको छ र सो कानुनबमोजिम अब राजनीतिक संकट बढिरहेको यस देशमा नयाँ निर्वाचनको बाटो खुलेको पनि बताइएको छ।

यहाँ केही दिनदेखि राजनीतिक संकट चुलिएको छ। बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन हुनुभएको इभो मोरालेसका विरुद्धमा कैयौँ दिनदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शनहरु भइरहेका छन्।

सुरक्षाबल र प्रदर्शनकारीबीच झडपहरु भइरहेका छन् । यस क्रममा केहीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

राष्ट्रपति इभो मोरालेसका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । उहाँले भने राजीनामा गरिसक्नुभएको छ । सत्तामा उहाँको फिर्तीको माग गर्दै उहाँका समर्थकहरुले सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । 

यसै विरोध प्रदर्शनलाई सम्बोधन गर्न भन्दै यहाँको संसदले नयाँ निर्वाचनको प्रस्ताव अघि सारेको हो । यस प्रदर्शनमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । कैयौँ दिनदेखि विरोध जारी छ ।

यहाँका राष्ट्रपति इभो मोरालेसको अनुपस्थितिमा नै काम चलाउ सरकारले नयाँ निर्वाचनको प्रस्ताव गरेको छ । सोही प्रस्तावबमोजिम संसदका दुवै सदनले नयाँ निर्वाचनको लागि बाटो खुलाउने गरी मतदान गरेका छन् ।

प्रस्तावमा अक्टोबर २० मा भएको निर्वाचनमा प्रतिश्पर्धीहरुलाई भने प्रतिबन्ध लगाइएको छ । त्यस निर्वाचनको पुनः निर्वाचन नभएर यो नयाँ निर्वाचन हो ।

यसबाट अबको निर्वाचनमा सहभागी हुनबाट राजीनामा दिइ सकेका राष्ट्रपति मोरालेसलाई पनि रोक लगाएको छ । त्यसैगरी अक्टोबर २० को निर्वाचनमा सहभागी भएका अरु मुख्य प्रतिश्पर्धीलाई पनि यस नयाँ निर्वाचन कानुनले प्रतिबन्ध लगाइदिएको बताइएको छ ।

शनिबार यहाँको संसदले यो नयाँ निर्वाचनको विकल्प निकालेपछि भने यहाँका नागरिकले आन्दोलन रोक्न सक्ने अनुमान गरिएको छ । 

तर पनि राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उहाँको समर्थकहरुले भने जारी प्रदर्शन रोक्ने नरोक्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गर्नुभएको थियो ।

सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गर्नुभएको हो । त्यसपछि मेक्सिकोतर्फ लाग्नुभएको र मेक्सिकोले उहाँलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरूले बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए । 

विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए । 

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करीब १४ वर्ष शासन सञ्चालन गर्नुभएको थियो । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उहाँ झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी हुनुभएको थियो । 

यस निर्वाचनलाई विपक्षीहरुले भने मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै चुनावी परिणाम नै अस्वीकार गरेका थिए ।

यहाँको संसदले नयाँ कानुन बनाएपछि भने मोरालेसका समर्थकहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुले नयाँ निर्वाचनमा सहभागी हुने या नहुने भन्नेमा केही बताएका छैनन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ