arrow

आइपीएल : कोलकाता र दिल्ली भिड्दै, ब्रेथवेट र रसेल आकर्षण

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
IPL-2016-new.jpg.jpeg
एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल)मा आइतबार राति कोलकाता नाइटराइडर्स र दिल्ली डेयरडेभिल्स भड्दिै छन् । कोलकातामा हुने खेलमा दुबै खे जित्दै विजयी सुरुवात गर्ने प्रयासमा हुने छन् । गोलकाताको कप्तानी गौतम गम्भीरले गर्दै छन् भने, दिल्लीको कप्तानी जाहिर खानले सम्हाल्ने छन् ।
 
रोचक त भरखरै सम्पन्न विश्वकप टि–२० को उपाधि जितेको वेष्ट इन्डिजका कार्लोस ब्रेथवेट र आन्द्रे रसेल एक अर्का विरुद्ध मैदान उत्रँदै छन् । टि–२० को उपाधि दिलाउन ब्रेथवेटले जादु गरेका थिए । उनले टोलीलाई जितका लागि १९ रनको आवश्यकता रहेको अवस्थामा लगातार ४ छक्का प्रहार गर्दै उपाधि दिलाए । रसेल समेत विष्फोटक व्याटिङ गर्ने खेलाडी हुन् ।
 
आइपीएलको यो भिडन्तमा यी दुईको खेल हेर्न समेत समर्थकहरु ध्यानमग्न हुनेछन् । यसअघि, शनिबार भएको पहिलो खेलमा भारतीय राष्ट्रिय टोलीका कप्तान महेन्द्र सिंह धोनीको टोली पुणे सुपरजायन्ट्सले विजयी सुरुवात गरेको छ । उसले रोहित शर्मा कप्तानीको मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ