arrow

कम्युनिस्ट जस्तो मान्छे काट्दै हिड्ने कांग्रेस होईन : नेता पौडेल

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
ramchandar-paudel-baglung.jpg

बागलुङ। नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस कम्युनिस्ट जस्तो मान्छे काट्दै हिड्ने पार्टी नभएको बताएका छन्। नेपाली कांग्रेसले बागलुङको निसीखोलामा आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरुले जनतालाई झुक्याएर सत्तामा पुगेको बताएउँदै अहिले सत्तामा रहेका नेताहरुले जनताले दिएको भोटको दुरुपयो गरेको आरोप लगाए।

पौडेलले जनताको अधिकारलाई सरकारले खतरामा पारेको बताउँदै कम्युनिस्टसँग देशलाई समृद्ध गर्ने क्षमता नभएको बताए। देशको समृद्धि गर्न सक्ने सामथ्र्य कांग्रेस बाहेक अरु कुनै पाटीसँग नभएको बताउँदै दुई तिहाईको सरकारले देशलाई उदोगति तर्फ धकेली रहेको उनको भनाई।

उनले सरकारलाई विकासको लागि प्रतिपक्षबाट राम्रो सहयोग हुँदा पनि विकास गर्न नसेको बताउँदै सरकार खाली जनताको आवश्यकता विपरित कामहरु गर्न मात्रै लाग्ने आरोप लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ