arrow

आईपिएल कमेन्ट्री टिमबाट हर्ष भोग्ले हटाईए, अमिताभ बच्चनसँग बहसको परिणाम !!

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
harsha_Bhogle_amitabh.jpg.jpeg
काठमाडौं। भारतमा जारी आईपिएलमा प्रख्यात क्रिकेट कमेन्टेटर हर्ष भोग्लेको अनुबन्ध (contract) सकिएको छ। भारतीय क्रिेकटसँग सन् ८०को दशकसँग जोडिएका एवं आईपिएलको पहिलो संस्करणदेखि संलग्न भोग्लेको अनुबन्धन एक्कासी तोडिएको छ। 
 
अनुबन्ध तोडिएकोमा भोग्लेले आश्चर्य मानेका छन्। उनलाई कुनै खबर नगरी वा केहि कुरा नगरी अनुबन्ध तोडिएको छ भारतीय मिडियाहरुले लेखेका छन्। भारतीय क्रिकेट बोर्ड र आईपिएलका अध्यक्ष दुवैले मिडियालाई कुनै पनि प्रतिक्रिया दिन मानेनन्। 
 
टि-२० विश्वकपको दौरान नागपुरमा भएको भारतको पहिलो खेलको सुरुवातमा विधर्व क्रिकेट संघका पदाधिकारीसँग बहसलाई भारतीय क्रिकेट बोर्डले कारण मानेको छ भने भोग्लेलाई भारतीय क्रिकेट बोर्डको निर्णय भनेर मात्र भनिएको छ। 
 
धेरैको शंका अमिताभ बच्चनले गरेको ट्विटका कारण यस्तो भएको भन्ने छ। टि-२० विश्वकपमा बंगलादेश बिरुद्ध १ रनले खेल जिते पछि बच्चनले ट्विट गरेका थिए ' भारतिय कमेन्टेटरहरु जति बेला पनि बिदेशी खेलाडी वा टोलीका बारे बोलिरहन्छन्। भारतीय खेलाडीहरुको बारे बोले राम्रो' । यो ट्विटमा कसैलाई मेन्सन नगरेका अमिताभले सुनील गावस्कर वा संजय माञ्जरेकर होईनन् भनेर फेरि ट्विट गरेका थिए। 
 
भोग्लेले बच्चनले आफुलाई ईङगित गरेको होला भनि फेसबुकमा जवाफ दिएका थिए। आफु ब्यवसायिक भएको र स्टार स्पोर्टस विश्वभरिका क्रिकेट प्रेमीहरुले हेर्ने हुनाले सबै टोलीका बारे बोल्नु ब्यवसायिक हुने छ। 
 
भोग्लेका बारे भारतीय खेलाडीहरुे पनि बेला बेलामा आफ्नो असन्तुष्टी पोख्ने कुरा बाहिर आईरहेको थियो। भारतीय खेलाडीहरुलाई अलि कडा रुपमा कमेन्ट गर्ने गरेका भोग्लेले नागपुर घट्नाका कारण मेरो अनुबन्ध तोडिएको हो भने मेरो भागको कथा कसैले सुनेनन् भनेर चि्त दुखाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ