arrow

नेतन्याहुलाई राजीनामा दिन गान्जको आग्रह

logo
एएनआई,
प्रकाशित २०७६ मंसिर ८ आइतबार
israel-PM-benjamin-netanyahu.jpg

तेल अभिभ, इजरायल। इजरायलको ब्लु एण्ड ह्वाइट पार्टीका नेता बेनी गान्जले बेन्जामिन नेतन्याहुको दल लिकुड पार्टीका नेताहरूलाई सरकार गठनमा आफूलाई सघाउन आग्रह गरेका छन्। उनले प्रधानमन्त्री नेतन्याहुलाई सरकारको नेतृत्वको दौडमा पछि हट्न सुझाब दिएका छन्।

इजरायलको राजनीतिक सङ्कट अन्त्य गर्न नेतन्याहु र उनको दललाई नयाँ प्रस्ताव गर्दै भने,“पहिलो दुई बर्ष प्रधानमन्त्रीमा काम गर्न मलाई दिनूस्। नेतन्याहु दोषी नठहरिएमा त्यसपछि उहाँलाई नेतृत्वमा ल्याउँला।” इजरायली प्रधानमन्त्री नेतन्याहुलाई यसै हप्ता भ्रष्टाचार तथा विभिन्न अपराध आरोपसहित अभियोजनकर्ताहरूले मुद्दा दर्ता गरेका छन्। नेतन्याहुले आरोपलाई निराधार भन्दै यो केवल आफूलाई राजनीतिक नेतृत्वबाट हटाउने दुष्प्रयास मात्र भएको बताएका छन्।

इजरायली प्रधानमन्त्री नेतन्याहुले आफूविरूद्ध लगाइएका श्रृङ्खलावद्ध भ्रष्टाचार अभियोग ‘कू’को प्रयास भएको भन्दै बिहीबार अभियोजनकर्ताको आलोचना गरेका थिए। उनले आफूलाई लगाइएका सबै अभियोग आधारहीन रहेको पनि बताएका छन्।

“इजरायली प्रधानमन्त्रीले आफूविरूद्धका अनुसन्धानहरू गलत भावबाट ‘ग्रसित’ रहेको बताउँदै भ्रष्टाचार मुद्दाको विकास राजनीतिक रूपले अति संवेदनशील समयमा आएको छ,” नेतन्याहुद्वारा दुई दिन पअिले जारी विज्ञप्तिमा भनिएको थियो। ब्लु एण्ड ह्वाइटले नेतन्याहुमाथि भ्रष्टाचार र देशद्रोहसमेतको आरोप लागेकोले उनको नेतृत्वमा गठबन्धन सरकारमा रहन नसक्ने भन्दै नेतृत्व गान्जलाई दिनुपर्ने धारणा राख्दै आएको छ।

इजरायलमा गत सेप्टेम्बरमा भएको निर्वाचनमा प्रधानमन्त्रीको लिकुड पार्टीले अपेक्षाभन्दा कम मत ल्याएको थियो। संसदको १२० सदस्यमध्ये लिकुडले ३२ सीट ल्याएको थियो भने मुख्य प्रतिपक्षी दलले ३३ सीट ल्याउन सफल भएको थियो। सरकार गठनका लागि दुबै दलको प्रयासले सार्थकता पाउन सकेको छैन।

दुई ठूला दलको प्रयासमा सरकार बन्न नसकेपछि नयाँ निर्वाचनको सम्भावना बढेका समय इजरायली राष्ट्रपतिले निर्वाचनको विकल्पमा नयाँ सरकार गठन गर्ने २१ दिनको समयसहितको जिम्मेवारी संसदलाई दिएका थिए जसका लागि अब १८ दिन मात्र बाँकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ