arrow

१३ औं सागका पाहुनालाई काठमाडौं महानगरपालिकाद्धारा रिसेप्सन पार्टी

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
ktm-metro.jpg

काठमाडौं । मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागीता जनाउन आउने विदेशी पाहुनालाई काठमाडौं महानगरपालिकाले रिसेप्सन पार्टी दिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रस्तावमा काठमाडौं महानगरपालिका सागमा आउने करिब हजार जना विदेशी पाहुनालाई रिसेप्सन पार्टी दिन तयार भएको हो ।

राखेप सदस्यसचिव रमेश सिलवालले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसहित वडा अध्यक्षहरुसंग संयुक्त छलफल गरेपछि यो टुंगो लागेको हो । 

महानगरले राखेपद्धारा अघि सारिएका १२ बुँदे सहयोगका अपेक्षालाई स्वीकार गर्दै साग आयोजनामा आफूले दायित्व लिने बताएको हो । महानगरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि दरबारमार्गसम्म विभिन्न स्थानमा स्वागतद्वारसमेत निर्माणको व्यवस्था गर्ने भएको छ ।

विदेशी पाहुनालाई कार्डका आधारमा बसन्तपुर दरबार प्रवेश निःशुल्क गरिने प्रतिवद्धतासमेत महानगरले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ