arrow

म्यानचेस्टर युनाइटेडद्धारा नवप्रवेशी सेफिल्डसंग बराबरी 

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
foot1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नवप्रवेशी क्लब सेफिल्ड युनाइटेडसँग बराबरी खेलेको छ । 

आइतबार राति सेफिल्डको मैदानमा भएको खेलमा युनाइटेडले ३–३ गोलको बराबरी खेलेको हो । युनाइटेडका लागि ब्राण्डन विलियम्स, मासुन ग्रिनवुड र मार्कोस राष्फोर्डले एक एक गोल गरे । सेफिल्डका जोन फ्लेक,लेस मोसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे ।

२–० ले अघि रहेको सेफिल्डको अग्रताविरुद्ध संघर्ष गर्दै म्यानचेस्टरले लगातार ३ गोल गरेर ३–२ को स्थितिमा रहे पनि इन्जुरी समयमा ओलिभरले गोल गर्दै ३–३ को बराबरी गरेका थिए । 

अंक तालिका 
म्यानचेस्टर युनाइटेड १३ खेलबाट १७ अंक सहित नवौं स्थानमा छ । सेफिल्ड १८ अंक जोडेर छैटौं स्थानमा छ ।

३७ अंकको लिभरपुल शीर्ष, २९ अंकको लेस्टर दोस्रो, २८ अंकको म्यानचेस्टर सिटी तेस्रो, २६ अंकको चेल्सी चौथो र १९ अंकको वुल्भरह्याम्पटन पाँचौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ