arrow

यी हुन् क्लब विश्वकप फुटबल खेल्ने सात टिम 

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
nike-football.ashx.jpg.jpeg

काठाडौं । फिफा क्लब विश्वकप फुटबल खेल्ने सात टिमको टुंगो लागेको छ । एएफसी च्याम्पियन्स लिगको उपाधि जित्दै साउदी अरेबियाको अलहिलाल एफसी छनोट भएसँगै कतारमा हुने क्लब विश्वकप खेल्ने सात टिमको टुंगो लागेको हो ।

आइतबार भएको फाइनलमा जापानको उरावा रेड्सलाई २–० गोल अन्तरले पराजित गर्दै अलहिलालले उपाधि जितेको थियो ।

क्लब विश्वकपमा च्याम्पियन्स लिग विजेता लिभरपुलसहित आयोजक राष्ट्र कतारको अल साद, ब्राजिलको फ्लामेन्गो, ट्युनिसियाको एस्पेरान्स डी टुनिस, मेक्सिकोको मोन्टेरे र न्यु क्यलेडोनियाको हिएन्घेने स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

क्लब विश्वकप फुटबल डिसेम्बर ११ बाट २२ सम्म कतारको दोहामा संचालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ