arrow

अमेरिकामा नेपाल भ्रमणको प्रचार गरे नेपाली बिद्यार्थीले 

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
visit-nepal.jpg

अमेरिका । अमेरिकामा अध्ययन गरिरहेका नेपाली बिद्यार्थीले नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्दै अमेरिकी नागरिकहरुलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । 

अमेरिकाको मिसौरी राज्यस्थित रहेको ड्रुरी युनिर्भसिटीमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरिरहेकी काठमाडौंकी आशिका श्रेष्ठ र सोही युनिर्भसिटीमा बित्त शास्त्र अध्ययन गरिरहेका काठमाडौंका ननिश श्रेष्ठले युनिर्भसिटीमा आयोजित कार्यक्रममा नेपालको बिषयमा जानकारी दिँदै नेपाल भ्रमण गर्न आह्वान गरेका हुन् । 

अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा युनिर्भसिटीद्धारा आयोजित ग्लोब हब कार्यक्रममा नेपाल सम्बन्धी जानकारीमूलक प्रस्तुती दिदैं उनीहरुले बिदेशीहरुलाई नेपाल भम्रण गर्न आग्रह गरेका हुन् । 

अमेरिकनसहित झण्डै २० मुलुकका बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा नेपालको भाषा, कला, लोक संस्कृति, सांस्कृतिक र पुरातात्विक सम्पदा, नेपालका हिम श्रृंखला, सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकीय क्षेत्रका बिषयमा जानकारी दिइएको आशिका श्रेष्ठले बताईन् । 

नेवारी भेषभुषामा सजिएकी आशिका र दौराशुरवालमा प्रस्तुत भएका ननिशले नेपालको राष्ट्रिय झण्डाका साथमा नेपाल सम्बन्धी जानकारीमूलक पोस्टर, तस्बीर, ब्यानर सहित प्रस्तुती दिएका थिए । 

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न तथा बिदेशीहरुलाई नेपालको बिषयमा जानकारी दिने र नेपालको प्रचार प्रसार गर्ने उद्धेश्यले नेपाल सम्बन्धी जानकारीमूलक प्रस्तुती दिदैं नेपाल भ्रमण गर्न आह्वान गरिएको आशिकाले बताइन् । 

अमेरिकीहरुले नेपाल घुम्ने आश्वासन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ