विश्वका १० सबैभन्दा सुन्दर महिला

प्रकाशित मिति : २०७६ मङ्सिर ९ सोमबार

काठमाडौं। विश्वका सबैभन्दा सुन्दर महिलाहरुको सूचीमा हान्डे एर्सेल रहेकी छन्। सन् २०१९ को सो सूचीमा आत्मविश्वास, बुद्धिमान, लोकप्रियता, आकर्षक र सफल महिलालाई समावेश गरिएको छ। विश्वका १० सुन्दर महिलाहरु यसप्रकार छन् –

१. हान्डे एर्सेल
२५ वर्षीया टर्कीकी अभिनेत्री तथा मोडल २०१९ को सबैभन्दा सुन्दर महिला हुन्। टीसी ह्यान्डलरको सूचीअनुसार उनले सन् २०१३ सक्रिय रहेकी यी महिला पहिलो स्थानमा परेकी हुन्। उनी टर्कीकी सबैभन्दा प्रतिभाशाली महिलामध्येकी एक हुन् ।

२. लिजा सोबेरानो
फिलिपिनो–अमेरिकी अभिनेत्री तथा मोडल लिजा सोबरानो १० सबैभन्दा सुन्दर महिलाको सूचीको दोस्रो नम्बरमा छिन् । उनले टेलिभिजन सिरियलबाट आफ्नो करियर सुरु गरेकी थिइन् । अहिले उनी रोमान्टिक तथा कमेडी फिल्ममा काम गरिरहेकी छिन् ।

३. एना डे आर्मस
क्युबाकी अभिनेत्री एना डी आर्मस पनि २०१९ को सबैभन्दा सुन्दर महिलाको सूचीमा परेकी छिन् । उनी अहिले हलिउडमा काम गरिरहेकी छिन् । उनलाई सबैभन्दा हट महिलामध्येकी एक मानिन्छ । क्युबामा जन्मेर हुर्किएकी उनकी आमा स्पेनिस हुन् ।

४. सेलेना गोमेज
सेनेला गोमेज २०१९ को सबैभन्दा सुन्दर महिलाको चौथो सूचीमा छिन् । सेलेना आत्मविश्वासका साथै स्वाभाविक समझदार महिलाको रुपमा चिनिन्छन् । त्यसका साथै उनी सबैभन्दा सुन्दर गायिकामध्येकी एक हुन् । त्यसका साथै उनले विभिन्न च्यारिटी संगठनका साथमा पनि काम गरेकी छिन् ।

५. दीपिका पादुकोण
बलिउडकी सबैभन्दा बढी कमाउने अभिनेत्री दीपिका पादुकोण यो सूचीको पाँचौं स्थानमा छिन् । भारतको सबैभन्दा सुन्दर महिलाको सूचीमा उनको नाम सबैभन्दा बढी चर्चामा रहने गरेको छ ।

६. नाना इम जिन–आह
चिनियाँ नायिकालाई नानाको नामले पनि चिनिन्छ । उनी पनि विश्वकै सबैभन्दा सुन्दर महिलाको छैठौं स्थानमा छिन् । उनी सन् २०१५ को जुनमा चीनमा अत्यधिक सक्रिय थिइन् ।

७. प्रियंका चोपडा
पूर्व मिस वल्र्ड प्रियंका चोपडा पुनः विश्वको सबैभन्दा सुन्दर महिलाको सूचीमा परेकी छिन् । चर्चित भारतीय अभिनेत्रीले हलिउडका केही फिल्ममा पनि काम गरिसकेकी छिन् । यसअघि उनले सबैभन्दा कामुक एसियन महिलाको उपाधि पनि जितिसकेकी छिन् ।

८. क्याथरिन ल्याङफोर्ड
२२ वर्षीया यी महिला २०१९ को सबैभन्दा सुन्दर महिलाको स्थानमा आठौं स्थानमा छिन् । अष्ट्रेलियाकी यी महिलाले आफ्नो पढाइ सकेसँगै अभिनेत्री बन्ने फैसला गरेकी थिइन् ।

९. लिन युन
चिनियाँ अभिनेत्री लिन युन यो सूचीमा नवौं स्थानमा छिन् । उनी चीनको सबैभन्दा लोकप्रिय अभिनेत्रीमध्येकी एक हुन् ।

१०. एमिलिया क्लार्क
बेलायती अभिनेत्री एमिलिया क्लार्क सूचीको दशौं स्थानमा छिन् । ३२ वर्षीया यी अभिनेत्रीले केही उत्कृष्ट फिल्महरुमा काम गरिसकेकी छिन् ।

नयाँ