धोका भएको भन्दै संसदमा काँग्रेस अध्यक्ष सोनियाको प्रदर्शन
एएनआई,
प्रकाशित २०७६ मंसिर ९ सोमबार
780
Shares
भारत। भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसदमा प्रदर्शन गरिएको छ। महाराष्ट्रमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन्।
काँग्रेसका नेताहरुले “लोकतन्त्रको हत्या बन्द गर” भनेर नारा लगाएका थिए। संसद बैठक सुरु हुनासाथ उनीहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो। भारतको लोक सभा र राष्ट्रिय सभा दुवैमा काँग्रेस नेता तथा सांसदहरुले प्रदर्शन गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
महाराष्ट्रमा हालै भएको निर्वाचनपछि काँग्रेस र शिव सेनाले सरकार बनाउने तयारी गरेपनि अर्को पक्षलाई साथमा लिएर भारतीय जनता पार्टीले नै सरकार बनाएपछि काँग्रेस रिसाएको हो।