arrow

सरकारको असक्षमताले यो वर्ष २५ प्रतिशतले व्यापार गुम्यो

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७२ चैत २८ आइतबार
Singhadurbar-hamrakura-1.jpg.jpeg
काठमाडौ। २०७२को सुरूवातदेखि नै व्यापार प्रतिकूल वातावरणले यो वर्ष कूल व्यापारको २५ प्रतिशत पहिलो आठ महिनामा गुम्न पुगेको छ। अघिल्लो वर्ष सधैं भरी व्यापारको बृद्धिदर बढ्दै जाने गरेको भएपनि यो वर्ष प्रतिकूल वातावरण र असक्षम सरकारका कारणले कूल व्यापारको २५ प्रतिशत व्यापारमा कमि आएको सरकारी तथ्याङ्कले देखाएको छ। जसका कारण बैदेशिक व्यापारको लागि यो वर्ष अर्थात् २०७२ साल उत्साहजनक भन्दा पनि निराशा जनक बन्न पुगेको टिप्पणी गर्न सकिन्छ।
 
भूकम्पले उत्पादक क्षेत्रमा देखिएको असर र त्यसै माथि नाकाबन्दीको थप पीडादायी चोटका कारण यो वर्ष अघिल्लो वर्षको यही अवधिको तुलनामा निकासीजस्य सामाग्रीको व्यापारमा डरलाग्दो गिरावट आएको छ भने आयातित सामग्रीमा भने केही कम गिरावट आएको छ। जानकारहरू भन्छन् कि निर्यातजन्य सामग्रीमा हरेक वर्ष केही न केही उतारचढाव आउने गरेको भएपनि आयाततीत सामग्रीमा समेत कमि आउनु ज्यादै कम हुन्छ।
 
विगत १२ महिनाको तथ्याङ्कको विश्लेषणलाई यस आर्थिक बर्षको नौ महिना र अघिल्लो आर्थिक बर्षको तीन महिनाको छुट्टाछुट्टै विश्लेषण गर्दा यो आर्थिक वर्षको वितेको अवधिमा व्यापारले नकारात्मक सूचांक भेटेको देखिन्छ। सरकारी तथ्याङ्क अनुसार माघ महिना सम्म मात्रै २४.२  प्रतिशतले ह्रास आई तीन सय ४१ दशमलव ६० प्रतिशतमा व्यापार सीमित भएको थियो भने निकासी भएको सामानमा २८ दशमलव ७ प्रतिशतले ह्रास आई ३६ दशमलव ३३ अर्ब रूपैयाँमा व्यापार सीमित भएको थियो। उता केन्द्रको प्रारम्भिक तथ्याङ्कलाई नै विश्लेषण गर्दा चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ८ प्रतिशतले ह्रास आएको थियो। सो अवधिको कूल निर्यात एक सय ४७ दशमलव ५१ अर्व मा मात्रै सीमित रहेको थियो।
 
तर तीन महिनासम्म तराई आन्दोलनको फाट्टफुट्ट असर मात्रै परेको भएपनि त्यसपछि भने भारतले नाकाबन्दी नै लगाइपछि भने व्यापारमा ठूलो नोक्सानी पर्न थाल्यो। जानकारहरू भन्छन् नाकाबन्दी र तराई आन्दोलनको कारण सँगै व्यापार बढाउन तर्फ सरकारी पक्ष गम्भीर नभएको पनि व्यवसायीहरू आरोप लगाउँटन्। अन्य पक्षलाई थाँति राख्ने हो भने पनि सरकारले कालोबजारी नियन्त्रण गर्न नसक्दा सबैभन्दा बढी व्यापारमा कमि आएको हो। 
 
पहिलो पाँच महिनाको व्यापारमा ३५ प्रतिशतले कमि 
आर्थिक वर्षको सुरूवताताका नै जेठ २५ गते चार राजनीतिक दलबाट भएको १६ बुँदे सम्झौताको विरोधमा तराईमा आगो बालिसकेको थिए केही तराईै केन्द्रित दलहरूले, जसको कारण निश्चिन्त भएर भारतीय नाकामा पुग्न सकिने अवस्था नै नरहेपछि नेपालबाट बाहिर लैजाने तथा नेपाल भित्रिने सामानमा केही गिरावट आएको थियो। विभिन्न चार्डपर्वको माहोलले गर्दा पनि स्वभाविक रूपमा कमि आएको भए पनि असोज तीन गते मुलुकमा नयाँ संविधान जारी भएपछि नेपाली अर्थतन्त्र तथा व्यापारको स्थितीलाई माथि उठ्ने मौका दिईएन। तराई आन्दोलनले पनि नपारेको असर तराई केन्द्रीत दल र भारतीय पक्षबाट संयुक्त रूपमा भएको अघोषित नाकाबन्दीले पारिदियो।
 
छिमेकी मुलुक भारत र मधेशबादी केही दलको नाका केन्द्रीत आन्दोलनका कारण इन्धनको चरम शंकट भयो। फलस्वरूप नेपालबाट उत्पादन हुने सामग्रीमा पनि केही गिरावट आयो। तर सबैभन्दा महत्वपूर्ण कूरा त झण्डै ८५ प्रतिशत व्यापार को लागि प्रयोग हुने भारतीय भूमिमार्फत व्यापार गर्न नसकेको तथा चिनियाँ नाकामा भूकम्पले गर्दा सम्पूर्ण नाका ठम्मप्रायः रहेकोले पहिलो पाँच महिना बैदेशिक व्यापारका दृष्टिले अत्यन्तै धरासायी स्थितीको सिर्जना भयो।
 
सो समयमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ५ प्रतिशतले ह्रास आर्ई  दुई सय ३२ दशमलव ६६ अर्वमा मात्रै सीमित बन्न पुग्यो। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान भने क्रमशः ११ दशमलव २ प्रतिशत र ८८ दशमलव ८ प्रतिशत रहन पुगेको छ। आ.व. २०७१-७२ को प्रथम पाँच महीनाको अवधिमा निकासी– पैठारी व्यापारको अनुपात १:८.६ भएकोमा आ.व. २०७२-७३ को सोही अवधिमा निकासी– पैठारी व्यापारको अनुपात १:७.९ रहन आएको छ। यसको अर्थ अघिल्लो आर्थिक वर्षमा एक हजारको सामान निर्यात गर्दा आठ दशमलव ६ हजारको सामान आयात गरिन्थ्यो भने अहिले एक हजारको सामान निर्यात गर्दा सात दशमलव ९ हजारको सामान निर्यात गरिन्छ। यसले पहिलो पाँच महिनामा व्यापार कम भएसँगै व्यापार घाटामा पनि कमि आएको देखाएको छ।
 
छैटौं महिनामा सुधारको संकेत
पाँच महिनाको अबधि पूरा गर्दासम्म नाकाबन्दीले जनजीवन अस्तव्यवस्त बनिसकेको भइपनि आत्म निर्भरको कुरा उठ्न थालेपनि आफूले सक्ने सामान मिलिजुली चलाउने चलन इकातिर बसिरहेको थियो भने अर्को तिर मुख्य नाका बीरगञ्ज भन्सारबाट नआएपनि अन्य नाकाबाट फाट्टफट्ट सामान आउन थाले पछि यो महिनामा केही सुधारको संकेत देखिएको थियो। यो ६ महिनाको आवधिमा व्यापारमा आएको गिरावटको प्रतिशत घटेर अघिल्लो आर्थिक वर्षको तुलनामा २८ दशमलब ९ प्रतिशतको गिरावट मात्रै भएको देखिन्छ भने कूल व्यापार तीन सय तीन अर्व भन्दा माथि पुगेको थियो। अघिल्लो वर्षको सो अवधिमा अवधिमा निकासी– पैठारी व्यापारको अनुपात १:८.७ भएकोमा यो वर्षको पनि सोही अवधिमा निकासी– पैठारी व्यापारको अनुपात १:८.७ नै भेट्टाएको देखिन्छ। जसले गर्दा छैटौं महिनाले केही सुधारको संके त दिएको विश्लेषण गर्न सकिन्छ। 
 
सातौ महिनामा निकासी तथा पैठारीको हिस्सा १० र ९० प्रतिशत
छैटौं महिनाबाट सुरू भएको व्यापारमा सुधारको संकेतले सातौ महिनामा केही वढी सकारात्मक सन्देश दियो। लगभग बीरगञ्जबाहेकका नाकाहरू सामान्यवत अवस्थामा पुगेपछि व्यापारमा केही बृद्धि भएको देखिन्छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार प्रथम सात महीनाको अवधिमा बैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले ह्रास आर्ई तीन सय ७७ अर्व भन्दा बढी हुन पुगेको थियो। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.६ प्रतिशत र ९०.४ प्रतिशत रहेको छ। अघिल्ले वर्षको प्रथम सात महीनाको अवधिमा निकासी– पैठारी व्यापारको अनुपात १:८.८ भएकोमा यो वर्षको सोही अवधिमा निकासी– पैठारी व्यापारको अनुपात १:९.४ रहन आएको छ।
 
केन्द्रको तथ्याङ्क अनुसार आ.व. २०७०-७१ को प्रथम नौ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले वृद्धि भई ५ सय ९२ अर्व भन्दा बढी पुगेको थियो। तर त्यसपछि क्रमशः दुई वर्ष बैदेशिक व्यापारमा कमि आएको छ। सो समयमा कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.५ प्रतिशत र ८८.५ प्रतिशत थियो। जुन अहिले १० र ९० मा पुगेको छ। त्यस्तै, सो समयमा नेपालको कुल निकासी मात्रै १९.९ प्रतिशतले वृद्धि भई ६८ अर्व रूपैयाँ भन्दा बढी पुगेको थियो। सो अवधिमा निकासी– पैठारी व्यापारको अनुपात १:७.७ थियो। 
 
तर, गत वर्षको दोस्रो चौमासिकमा वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७ प्रतिशत मात्रैले वृद्धि भई झण्डै  ५ सय ६२ अर्व पुगेको थियो भने कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.१ प्रतिशत र ८९.९ प्रतिशत रहेको थियो। भन्सार विभागले प्राविभिक समस्याका कारण फाल्गुन र चैत महिनाको विवरण सार्वजनिक नगरेकोले सो समयको विवरण भने प्राप्त भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ