arrow

सागः आईएमईद्धारा विदेशी खेलाडीको बिमा

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
sag-insurance.jpg

काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना बिमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ । 

सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सोमबार हस्ताक्षर गरे ।

सागमा सहभागी हुने करिब ७ हजार ५ सय विदेशीको ५ लाखका दरले दुर्घटना विमा गरिएको स्वास्थ्य समितिका सचिव तिलक नेपालीले जनाएका छन् । 

नेपाली खेलाडीलगायतको बिमा भने यसअघि नै भइसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ