arrow

सागमा ब्याडमिन्टनतर्फ सातै राष्ट्रको सहभागीता, यस्तो छ खेल तालिका 

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
badminton-moscot-final.jpg

पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो ।

“ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट बिछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ” कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वर सिहं गुरुङले बताए । खेलाडीको लागि चाहिने पूर्वाधार समेत सबै निर्माण भएको उनले जानकारी दिए ।

ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ ओटा कोर्ट रहेको छ । तर प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ । ब्याडमिन्टनको लागि म्याट भन्सारबाट हिँडिसकेको गुरुङले बताए । ब्याडमिन्टन हल निमार्णको लागि करिब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए । 

ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने छन् । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन भने विदेशी सहित ५ जना प्रशिक्षक रहेका छन । भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागीता रहेको छ । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागीता जनाएका छन ।

त्यस्तै पाकिस्तानबाट भने खेलाडी तथा प्रशिक्षक गरि १३ जनाको सहभागीता रहेको छ । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहेका छन् । 

बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउने छन । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकले सहभागीता जनाउने छन् । श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन् । जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहेका छन् । 

भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितमा सहभागी हँुदै छन् । जसमा ४ पुरुष, २ महिला खेलडी तथा एक प्रशिक्षकले सहभागीता जनाउने भएका छन् । 

माल्दिभस्बाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागीता जनाउने छन् । जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुने छन् । 

पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । टिम इभेन्टतर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन् । 

त्यस्तै व्यक्तिगत इभेन्टतर्फ मंसीर १७ गते  महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुने छन् ।

१८ गते महिला तथा पुरुष सिङ्गल र डवल्सको क्वाटरफाईनल खेल हुनेछ भने १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुने छन् भने २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मरासिनीले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ