arrow
ADVERTISEMENT

७८ घण्टामै महाराष्ट्रमा ढल्यो भाजपाको सरकार

मुख्यमन्त्री देवेन्द्रले दिए राजिनामा

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
bjp-logo.jpg

काठमाडौं। भारतको महाराष्ट्र राज्यमा मुख्यमन्त्री भएको ७८ घण्टामै देवेन्द्र फणनविसले राजिनामा दिएका छन्। भारतको सर्वोच्च अदालतले बुधवार ५ वजेसम्म फ्लोर टेस्ट अर्थात विश्वासको मत लिन आदेश दिए लगत्तै उपमुख्यमन्त्री अजित पवारले राजिनामा दिएपछि भाजपालाई सरकारबाट वाहिरिन दवाव परेको थियो। 

उपमुख्यमन्त्री पवारले राजिनामा दिएपछि भाजपाको केन्द्रीय नेतृत्वसँगको परामर्श गरेसँगै फणनविसले राजिनामाको घोषणा गरेका हुन्। उनले पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गरेर राज्यपाललाई राजिनामा दिन गएका हुन्।

पवारको समर्थनमा सरकार बनाए पनि उनकै साथमा विधायकहरु नभएपछि उनी आफै रक्षात्मक अवस्थामा पुगेका थिए। यस अवस्थामा पवारले नै दिउँसो साँढे दुईको आसपासमा राजिनामा दिएपछि त्यसको एक घण्टामा देवेन्द्रले पनि राजिनामा दिएका हुन्।    

चुनावी तालमेल गरेका दलहरुको स्पष्ट बहुमत नआएपछि समीकरण मिलाउनु पर्दा एक अर्काबीच आरोप प्रत्यारोप चलिरहेको थियो। चार दिनदेखि जारी संघर्षबीच सर्वोच्च अदालतले यस विषयमा फैसला सुनाए पछि राजनीतिक उलटफेर भएको हो। 

वहुमत नहुँदा नहुँदै पनि सरकार वनाएर पनि केहि दिनमै सरकारबाट हट्नु परेको विजेपीको लागि यो दोस्रो घटना हो। यसअघी यदुरप्पाको सरकार पनि कर्नाटकमा ५३ घण्टामै हट्नुपरेको थियो।   

सोमबार राष्ट्रवादी कांग्रेस, कांग्रेस र शिवसेनाले मुम्बईको एक होटल ग्राण्ड होटलमा शक्ति प्रदर्शन गरेका थिए । यसमा १६२ विधायकहरुबीच राष्ट्रवादी कांग्रेस अध्यक्ष शरद पवार, उनकी छोरी सुप्रिया सुले, शिवसेना अध्यक्ष उद्धव ठाकरे, उनका छोरा आदित्य ठाकरे, कांग्रेस नेता अशोक चह्वाण, मल्लिकार्जुन खड्गे लगायतका नेताहरु सहभागी रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ